स्थानीय तह निर्वाचनमा आवश्यकता अनुसार गठबन्धन हुन्छ : बादल

0

धादिङ – नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार गठबन्धन हुन सक्ने बताएका छन् ।

सोमबार धादिङबेशीमा प्रेस चौतारी धादिङद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष बादलले आगामी स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार गठबन्धन हुन सक्ने बताएका हुन् । उनले सबै स्थानीय तहमा एक्लै उम्मेदवार उठाएर जाने तयारी रहेपनि आवश्यकता अनुसार स्थानीय तहमा चुनावी तालमेल हुनसक्ने बताए ।

राष्ट्रिय राजनीति दुई ध्रुवमा परिणत भएको भन्दै बादलले आगामी निर्वाचनमा एमाले एक्लै चुनौतीको सामना गर्न तयार रहेकोसमेत बताए । एमालेको नेतृत्वमा मात्रै समृद्धि सम्भव रहेको भन्दै उनले मुलुकको भविष्यको निम्ति पनि यो निर्वाचन एमालेले जित्न जरुरी रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here