केपी ओलीलाई पक्राउ गर्ने कार्की र भण्डारीको योजना रहेको महेश बस्नेतको खुलासा

0

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको हालैको भेट वार्तालाई एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ गर्ने योजना रहेको महेश बस्नेतले दाबी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस राख्दै ईश्वर पोखरेलले सम्पादकलाई ‘तपाईहरुले मलाई एउटा प्रश्न सोध्नु नै भएन’ भन्ने प्रसङ्गसमेत उल्लेख गरेका बस्नेतले भनेका छन्,‘२ दिन अगाडि नै पूर्वराष्ट्रपति बिद्या भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच भएको भनिएको वार्तामा पनि केपी ओलीलाई गिरफ्तार गर्ने कुरा भएको रहस्य खुलेको छ।’

जेनजी समूहको नाममा गरिएको बार्ता र सम्झौताको नाटक, हिमेश पन्तलगायतका अराजक सेलिब्रेटीहरूले फैलाएको गलत भ्रमलगायतको विषय उल्लेख गर्दै बस्नेतले भनेका छन्,‘केपी ओली गिरफ्तार भन्ने मिडिया ट्रायल, सबै कुरा एउटै दिशातिर संकेत गर्छन्।’

महाधिवेशन भाड्ने, आतंक फैलाउने, सहभागिता घटाउने र अन्तिम चरणमा केपी ओलीको लोकप्रियता कमजोर पार्ने षडयन्त्र भएको बस्नेतको दाबी छ।

अध्यक्षलाई दबाब दिने वा गिरफ्तार गर्ने कुनै पनि चाल कदापि सफल नहुने चेतावी दिएका उनले भनेका छन्,‘तिमीहरूका हरेक कर्तुत, योजना र खेल अब पूर्ण रूपमा बुझिसकिएको छ। अब सशक्त प्रतिरोध हुनेछ र तिमीहरूको सबै खेल नजन्मदै तुहिनेछ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here