इटहरी उपमहानगरपालिकाका पूर्वनगर प्रमुख द्वारिकलाल चौधरीले नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओली प्रति कठोर आलोचना गर्दै ओलीलाई कडा कानुनी कारबाहीको माग गरेका छन्।
जेनजी आन्दोलनमा गरिएको क्रूर दमन र हत्या मानवता विरुद्धको अपराध भएको र यो अपराधको प्रमुख जिम्मेवार पूर्व प्रधानमन्त्री केपी ओली नै हुने भएकोले ओलीलाई आजीवन कैद सजाय हुनुपर्ने दाबी गर्दै सार्वजनिक अभिव्यक्ति दिएका छन् । चौधरी एमालेकै पुराना नेता हुन् । भर्खरै उनलाई एमाले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ।


