गृहमन्त्री रमेश लेखकले पद छोडेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले जारी क्याविनेट बैठकमा उनले राजीनामा दिएको बताइएको छ । काठमाडौँसहित देशका मुख्य शहरमा आज भएको ‘जेनजी’को प्रदर्शनका क्रममा १९ जनाको ज्यान जानुका साथै सयौं घाइते भएका छन् । यो घटनाको आफूले नैतिक जिम्मेवारी लिने जानकारी गराएर पार्टी बैठकबाट गृहमन्त्री लेखक बालुवाटार पुगेका हुन्।
जेनजीको प्रदर्शनकै कारण ओली सत्ता संकटमा परेको छ।


