• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
मङ्गलबार, मङि्सर ०९, २०८३
मङ्गलबार, मङि्सर ०९, २०८३
VK
Vrikuti News
मङ्गलबार, मङि्सर ०९, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

दुग्ध विकास संस्थानका पूर्व महाप्रबन्धक झा सहित ८ जना पक्राउ

भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

मोरङ २ मा रोचक बन्दै कांग्रेसको आन्तरिक प्रतिस्पर्धा: डा. मिनेन्द्रदेखि होमराज थापासम्म मैदानमा

साहित्यकार ज्योतिकिरण र बङ्गलादेशका रविउल इस्लामलाई ‘इन्टरनेसनल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

लोकप्रिय समाचार

भारतका केन्द्रीयमन्त्रीको प्रमुख आतिथ्यमा कालीबाबाद्वारा डा. थापालाई अध्यक्ष घोषणा

काठमाडौँ, साउन २५ गते । सनातन धर्म रक्षा र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित संस्था कालिका साधना आश्रम नेपालको अध्यक्षमा डा. मिलनकुमार थापा नियुक्त भएका छन् । धार्मिक अभियन्ता, अन्तर्राष्ट्रिय सन्त स्वामी महामण्डलेश्वर कृष्णनन्द परमहंश कालिदास बाबा (कालीबाबा) ले असार ३ गतेको निर्णयअनुसार डा. थापालाई अध्यक्ष नियुक्त गरेका हुन् ।
भारतका केन्द्रीय बन्दरगाह, परिवहन र जलमार्गमन्त्री सर्बानन्द सोनोवालको प्रमुख आतिथ्यमा आयोजित समारोहमा अध्यक्ष नियुक्त भएका डा. थापाले आइतबार कार्यभार ग्रहण गरेका छन् ।
डा. थापाले कालिका साधना आश्रमले नेपालको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने, संस्कृति र परम्परामा आस्था राख्ने विश्वभरिका सनातनीहरूलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्ने र आर्थिक विकास र समुन्नतिको आधारशीला तयार गर्ने उद्देश्यका साथ अघि बढ्ने प्रष्ट पारेका छन् ।
‘कालिका साधना आश्रम विशुद्ध धार्मिक र सामाजिक संस्था हो, यस संस्थालाई समाजसँग जोडेर प्राचीन विज्ञानमा आधारित ज्ञान र शिक्षालाई अघि बढाउने र नेपालको समृद्धिका लागि देशमा प्रमुख धार्मिकस्थलको प्रचारप्रसार गर्ने कार्यमा अघि बढाइने छ,’ डा. थापाले भने ।
धार्मिक पर्यटनमा भारतको सहयोग
पशुपतिनाथ मन्दिर परिसरस्थित हंशमण्डपमा आयोजित दशमहाविद्या रुद्रहवन महायज्ञमा सहभागी हुन र भगवान पशुपतिनाथ मन्दिर दर्शन गर्न आएका भारतका केन्द्रीयमन्त्री सोनोवालले नेपाल र भारतबिच ऐतिहासिक सम्बन्ध रहेको बताउँदै धार्मिक पर्यटन प्रवद्र्धन गर्न सहयोग गर्ने प्रष्ट पारेका छन् । मन्त्री सोनावालले जनस्तरमै रहेको सम्बन्ध अझै बलियो बनाउँदै आर्थिक समुन्नतिका लागि सहकार्यमा जोड दिए ।
धार्मिक अभियन्ता स्वामी महामण्डलेश्वर कृष्णनन्द परमहंश कालिदास बाबा (कालीबाबा) को निमन्त्रणामा काठमाडौँ आएका मन्त्री सोनोवालले दशमहाविद्या रुद्रहवनमा पनि पूजाआराधना गरे । महायज्ञका प्रमुख सल्लाहकार डा. मिलनकुमार थापाका अनुसार धार्मिक पर्यटन प्रवर्द्धन, आर्थिक विकासमा सहकार्य र समुन्नतिको नवीन रुपान्तरणको लक्ष्यका साथ महायज्ञ आयोजना गरिएको हो ।
‘कालीबाबाको निमन्त्रणामा केन्द्रीयमन्त्री सोनावाल काठमाडौँ आउनुभयो । हाम्रो लक्ष्य नेपालका धार्मिक पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार विकास गर्नु हो, पशुपतिनाथ मन्दिर, मुक्तिनाथ, भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनी, रामजानकी मन्दिरसहितका तीर्थस्थलमा आउने श्रद्धालुलाई सहज रुपमा दर्शन गर्न पाउनेगरी समग्र भौतिक पूर्वाधार गर्न पहल थालिएको हो,’ डा. थापाले भने ।
मन्त्री सोनोवालका साथमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव पनि सहभागी भए । यसअघि, डा. थापाको अगुवाइमा ‘पशुपति दर्शन अभियान’ अन्तर्गत २०८१ माघ १ देखि ११ गतेसम्म मुम्बईमा दशमहाविद्या विष्णु सहश्रकोटी हवनमा गरिएको थियो । मन्त्री सोनावाल उक्त कार्यक्रममा पनि सहभागी भएका थिए ।
धार्मिक अभियन्ता कालीबाबाले नेपालको आर्थिक समुन्नतिलाई दृष्टिगत गरेरै महायज्ञमा भारतका मन्त्री र नेताहरूलाई आमन्त्रण गरिएको बताएका छन् । ‘नेपालमा राजनीतिक स्थिरता, आर्थिक समृद्धि र जनकल्याण होस् भन्ने हाम्रो पवित्र कामना हो । नेपाल र भारतका शीर्ष राजनीतिक नेतृत्वबिचको सम्बन्ध अझै प्रगाढ हुँदा दुवै देशलाई लाभ हुन्छ,’ उनले भने ।
महायज्ञमा सहभागी सामाजिक अभियन्ता एवं नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक विश्वराज पोखरेलले नेपाललाई समृद्ध बनाउनका लागि धार्मिक पर्यटनलाई नवीन सोचका साथ अघि बढाउनुपर्ने बताए ।
यसैगरी, डा. थापाको निमन्त्रणामा धार्मिक अभियन्ता डा. गुरूजी कुमारन स्वामीसहित विभिन्न राज्यबाट धार्मिक अभियन्ता, कलाकार एवं राजनीतिज्ञ पनि महायज्ञमा सहभागी भएका छन् ।

  • #डा.मिलान कुमार थापा #काली बाबा #काठमाण्डौं #भारत #नेपाल#भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दुग्ध विकास संस्थानका पूर्व महाप्रबन्धक झा सहित ८ जना पक्राउ
भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

धेरै पढिएको

ताजा समाचार

  • १.
    दुग्ध विकास संस्थानका पूर्व महाप्रबन्धक झा सहित ८ जना पक्राउ

  • २.
    भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • ५.
    मोरङ २ मा रोचक बन्दै कांग्रेसको आन्तरिक प्रतिस्पर्धा: डा. मिनेन्द्रदेखि होमराज थापासम्म मैदानमा

  • ६.
    साहित्यकार ज्योतिकिरण र बङ्गलादेशका रविउल इस्लामलाई ‘इन्टरनेसनल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.