• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
VK
Vrikuti News
शनिबार, साउन ०९, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

“जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

१३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

लोकप्रिय समाचार

  • १. नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २. “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३. विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४. भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ६. भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ७. १३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

सञ्चारमा नयाँ मोड: कृत्रिम बौद्धिकता र पत्रकारिता

कम्युनिकेसन एन्ड चेन्ज इन डेभलपिङ कन्ट्रिज (१९६७) नामक पुस्तकमा प्रख्यात सञ्चारविद् विल्वर श्राम भन्छन्, “कुशल सञ्चार तानाशाहलाई पनि लोकतन्त्रवादीलाई जस्तै काम लाग्दछ ।” यसरी ६० वर्षअघि उनले सूचना प्रविधिको दुईतर्फी सम्भाव्यताको चर्चा गरेका थिए । आज सञ्चारको संसारमा व्यापक भएको कृत्रिम बौद्धिकतालाई पनि सम्भावना र चुनौतीका रूपमा समेत चर्चा गर्ने गरिएको छ तर मेरो दृष्टिकोणमा ‘एआई’ ले यति धेरै सम्भावनाको ढोका खोलेको छ, यसको समग्र पहिचान हासिल गर्न सकेको खण्डमा चुनौती गौण बन्न पुग्ने छ । साथै पत्रकारिताका व्यावसायिक विवेक र नैतिकतालाई आत्मसात् गर्दै यसको उपयोगिताको फाइदा लिन सकिने छ ।
पत्रकारितामा एआईको असीमित सम्भावनालाई हासिल गर्न सबैभन्दा पहिलो पत्रकार नै यसबारे जानकार हुनै पर्छ, अनि यसको प्रयोगमा कुशल हुनै पर्छ । साथै समाचार कक्षमा अघोषित वा अव्यवस्थित रूपमा होइन, घोषित, नैतिक  मान्यतासहित र व्यवस्थित रूपमा यसको प्रयोग हुनु पर्छ । यो पुस्तकमा यी चासो अपरिहार्यता, विकासक्रम र सन् २०१५ देखि आजसम्मका अति व्यापकताको र आवश्यकताको सम्बोधन भएको छ । एआईको परिचय परिभाषादेखि वर्गीकरण कालखण्डबारे महत्त्वपूर्ण जानकारी यसमा समेटिएका छन् । त्यसैले पत्रकारद्वय
अजय शर्मा र शिव पुरीले लेख्नुभएको यो पुस्तक सबैका लागि उपयोगी छ । विशेषतः सञ्चारकर्मी वा पत्रकारले यसबाट अबको पत्रकारिताको बाटो पहिल्याउन सक्छन् ।
विसं २०४६ पछि स्वतन्त्र पत्रकारिताको क्षितिज उधारिएको समयमा चर्चा हुने गर्थ्यो, अब विगतमा जस्तो पत्रकार बन्न कलम मात्र भएर पुग्दैन, क्यामराले मात्र पनि पुग्दैन, कम्प्युटर पनि अनिवार्य हुन्छ । आज भन्नुपर्ने हुन्छ, अबको पत्रकारितामा कृत्रिम बौद्धिकताको भरपुर उपयोग गर्न जान्नु पनि अपरिहार्य आवश्यकता हो । त्यसैले पत्रकारिताको एक सशक्त औजारका रूपमा एआईको प्रयोगले देखाएको असीमित सम्भावनालाई समेटेर नेपाली सन्दर्भसहित तयार गरिएको यस्तो पुस्तक चाहिएकै थियो ।
पुस्तकको दोस्रो अध्यायमा समेटिएका प्रविधिमाथिको विवेक र नैतिकताको पकडको अपेक्षा, अनि प्रविधिको प्रयोगको बाटोमा आर्थिक, राजनीतिक तथा सामाजिक-सांस्कृतिक चुनौतीसम्बन्धी सरोकार र अपेक्षा महत्त्वपूर्ण छ ।
प्रविधि वा डिजिटल विभाजनको आर्थिक सरोकार अन्तर्गत मुख्यतः पहुँच र खर्च क्षमताको विषय उठ्छ । पूर्वाधारको असमानताले कसैलाई असीमित सूचना र ज्ञानको खानीमा पुऱ्याउँछ, कसैलाई वञ्चितिमा पार्छ । त्यसै गरी सामाजिक-सांस्कृतिक पक्ष अन्तर्गत डिजिटल साक्षरता वा एआईसम्बन्धी जानकारी हासिल गर्ने वा प्रविधिको सही प्रयोग गर्ने तत्परता र कुशलतालाई हेर्नु पर्छ । अर्को कुरा, प्रविधिको दुरूपयोग रोक्ने नाममा सरकारबाट हुन सक्ने राजनीतिक बन्देज पनि एउटा टड्‌कारो चुनौती हो । त्यसैले कसले प्रविधि वा कृत्रिम बौद्धिकता प्रयोग गर्न सक्छ, कसले त्यसबाट लाभ पाउँछ अनि को वञ्चित हुन्छ भन्ने विषयमा गम्भीर विमर्श हुनु पर्छ । प्रविधिको लाभ, अझ यस पुस्तकका सन्दर्भमा एआईले प्रदान गर्ने अवसरको समताको प्रश्नलाई नीतिगत बहसमा महत्त्व प्रदान गर्ने पर्छ । किनकि यस्तो प्रश्न शक्ति, संस्कृति तथा स्रोतका वितरणसँग जोडिएको गहिरो संरचनात्मक प्रश्न पनि हो । पुस्तकमा यसतर्फको हल्का सङ्केत पनि पाइन्छ ।
पुस्तकमा समेटिएका समाचार कक्षमा एआईको प्रयोगसम्बन्धी विश्वका विभिन्न देशको अनुभव, नेपाली पत्रकारका लागि उत्प्रेरक साबित हुने छ । नेपाली पत्रकारितामा एआईको प्रयोगसम्बन्धी परिचर्चा, नैतिक पक्षमाथिको सरोकार र साइबर अपराधप्रतिको सतर्कताको सवाल पुस्तकका उल्लेखनीय पाटा पत्रकारको कार्यकुशलतालाई बढाएको छ तर यसको प्रयोगसँगै पत्रकारिताको इन निश्चय पनि विश्वव्यापी रूपमा पत्रकारितामा कृत्रिम बौद्धिकताको प्रयोगले नैतिक दायित्वको वृत्तमा समेटनुपर्ने पक्ष वा ध्यान पुन्याउनुपर्ने विषय अझ थपिएको
आजको समयमा एउटा तस्बिरले हजारौं शब्द बयान गर्न नसकेको कुरा बताउन सक्छ भन्न सहज छैन, सबै प्रसङ्गमा तस्बिर आफै बोल्छ भन्न पनि मिल्दैन । सामग्री वा अन्तर्वस्तुका रूपमा कुनै घटना वा विषयको प्रतिनिधित्व अब ऐना या सच्चा प्रतिनिधित्व हो कि तोडमोड हो भन्ने छुट्याउन असाध्यै गाह्रो वा सर्वसाधारणका लागि सामान्यतः असम्भव हने समय आएको छ । त्यसैले अब नैतिक दायित्वलाई पराम्परागत रूपमा मात्र बुझेर पुग्दैन, गहिरो मिथ्या वा मनगढन्त प्रस्तुतिलाई पनि मेहनताका साथ पस्किने प्रविधिका कारण वास्तविकता र मिडिया चित्रणबिचको खाड्ल झनै बढ्न गएको देखिन्छ । कृत्रिम बौद्धिकताको दुरूपयोगबाट भइरहेका तोडमोडलाई पराजित गर्न पत्रकार कृत्रिम बौद्धिकताकै सही र सिपयुक्त प्रयोग गर्न सक्षम हुनु पर्छ । रिपोर्टिङ, सत्यापना र सम्पादन जस्ता व्यावसायिक सिप, क्षमता अनि नैतिकता जस्ता पक्षमा दखल राखेर प्रयोग गर्न सकेको खण्डमा मात्र कृत्रिम बौद्धिकताले पत्रकारिताको अझ प्रवर्धन गर्न वा यस पेसाको साख र विश्वसनीयता बढाउन सक्छ ।
लेखकद्वयले एआईसँग जोडिएर आउने नीतिगत र कानुनी सरोकार अनि साइबर सुरक्षाका सम्बन्धमा समेत चर्चा गरेर पुस्तकलाई अझ विस्तृत बनाउन खोजेको देखिन्छ । प्राविधिक शब्दावली र पत्रकारका लागि उपयोगी एआईसम्बन्धी जानकारीले पुस्तकलाई प्रयोगात्मक बनाएको छ । वस्तुतः पत्रकारितामा एआईले कृत्रिम बौद्धिकताका सम्बन्धमा ज्ञान मात्र होइन, सिपमूलक जानकारीसमेत प्रदान गर्न खोजेको छ ।
कागज, कलम, छापायन्त्र, टेलिग्राफ, रेडियो, टेलिभिजन, कम्प्युटर, भूउपग्रह जस्ता विभिन्न समयमा विकसित प्रविधिको उपयोगले मानव सभ्यतालाई यहाँसम्म ल्याइपुऱ्याएको छ । इन्टरनेट र डिजिटल प्रविधिले सूचना र सञ्चारको दुनियाँलाई यति विस्तार गरेको छ, मार्सल मक्लुहानले ‘दी गुटेनवर्ग ग्यालेक्सी : दी मेकिङ अफ टाइपोग्राफिक म्यान (१९६२)’ मा भने जस्तै संसार आदिम युगमा झै गाउँ बन्न पुगेको छ, विश्वग्रामको उदय भएको छ । सही ढ‌ङ्गले प्रयोग गर्न सकेको अवस्थामा कृत्रिम बौद्धिकताले मानवका इन्द्रीयको विस्तार गरेको छ, मानव क्षमतामा अभूतपूर्व अभिवृद्धि भएको छ तर यसको असचेत र अनैतिक प्रयोगवा दुरूपयोगले मानिसलाई भ्रम, मिथ्या र झुटो सचेतनामा रूमल्याइरहेको पनि देखिन्छ ।

मानव सभ्यताको आजसम्मको इतिहासमा कुनै पनि नयाँ माध्यम आउँदा विभिन्न संशय जन्मिने गरेका छन्, अहिले जेनेरेटिभ एआईका सन्दर्भमा पनि अनेक आश‌ङ्का उठ्नु वा अन्योल सिर्जना हुनु अस्वाभाविक होइन । यस्ता संशय र अन्योललाई सम्बोधन गर्दै छलफल, विमर्श र यस्तै प्रकाशनले भविष्यका लागि मार्ग पहिल्याउन सघाउँछन् ।

सञ्चारकर्मी र पत्रकार अनि आमसञ्चारका विद्यार्थीका लागि यति उपयोगी पुस्तक प्रस्तुत गर्नुभएकोमा लेखकद्वय र व्यवस्थापन तथा प्रकाशनको जिम्मेवारी समाल्ने बागमती प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालयप्रति धन्यवाद ज्ञापन गर्दछु ।

श्रोत:अजय शर्मा र शिव पुरी द्वारा लिखित पुस्तक  ‘पत्रकारितामा एआइ’ बाट

लेखक त्रिभुवन विश्वविद्यालयका
पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विभागीय प्रमुख हुनुहुन्छ।

  • #कुन्दन अर्याल#अजय शर्मा#शिव पुरी#भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता
भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

धेरै पढिएको

  • १.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ६.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

ताजा समाचार

  • १.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • २.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • ५.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ६.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.