लघु कथा: नाइट बस

0

गाडीमा सबै सिटहरु खचाखच भरिएका थिए। सिटमा बस्न नपाएका मानिसहरु दुबै सिटको बीचको खाली भागमा लहरै राखिएका मुढाहरुमा बसिरहेका थिए।मुढामा बस्नु उनीहरुको रहर थियो या बाध्यता ? त्यो त उनीहरुलाई नै थाहा थियो होला।तर पनि मेरो मनमा प्रश्न उब्जि रहेको थियो।”फुल भाडा तिरेर हिड्छन् या केही छुट हुन्छ मुढामा बस्नेलाई?”नत्र अर्को गाडीमा ,सिटमा बसेर यात्रा सजिलो बनाउनु पर्ने।”अभावले हुन सक्छ या बाध्यताले !”
ऊ मेरो छेउमा मुढा राखेर यताउता हेर्दै बस्यो।मेरो मनमा यौटा खुल्दुलि जन्मियो।अरे, “किन मेरै छेउमा र्सदै आउँनु?उता छोरा मान्छे बसेकै साइडमा बसे नहुँने?”
नाइटको यात्रा। असजिलो हुन्छ।दिक्दार लाग्छ मलाई ।सधैं डेमानै हिड्नें गर्थें बाध्यताले त्यो दिन नाइट पक्रिएकी हुँ।
अलिपछाडी यौटा कालोकालो मान्छे पनि साँघुरिदै म तिरै आउँदै थियो ।म छोरीलाई ठेल्दै झ्याल तिर सरेँ।ऊ आफै ब्याक भयो फेरि।तर अगाडीको ब्यक्ति भने कतै डगमगाएकै थिएन।किन टाँस्सिएर बसेको?
बाटोमा पनि म र छोरीको बीचको कुराकानीमा प्याच्ज जवाफ दिन्थ्यो। जेहेन्दार जस्तो देखिन्थ्यो देख्नमा त!
रातको दश बजे खाना खुवाउन लोथर भन्ने ठाउँमा गाडी रोकियो ।खाना पछि पेसेन्जर आ-आफ्नो सिटमा बसे। बत्ति निभ्यो।गाडी आफ्नै गतिमा अघि बढ्यो ।
छोरी निदाउँछे । छोरीलाई सजिलो पारेर सुताएँ ।म पनि निदाउँन थालेकी थिएँ।ऊसको टाउको मेरो घुँडामा ठोक्कियो।”असजिलो भयो होला मेरो घुडाँमा ढेसिएर पैसा असुलाउँदै थियो ऊ।” यहि ठान्दै अलिकती टाउको राख्ने ठाउँ दिएँ मैले।
हामी सिटमा बस्नेलाई त यति साहृो परेको छ उसलाई कस्तो होला?मेरो खुट्टाको पाउजु नेर उसको हातले ठोक्कियो म झस्किएँ। ए ! पाउजु !
“निन्द्रा खल्बलियो।मनमा कुरा खेल्न थाले।उसको हात मेरो हातको नजिकै थियो।
यतिकैमा उज्यालो भयो। ऊसले फोन नम्बर र फेसबुक आइ डि माग्यो।मैले रगं नम्वर दिएँ बिहान खेर म निदाएँछु ऊ कहाँ उत्रियो थाह पाइन मैले।
दुईचार दिन पिछाडी  । म काकाकी छोरीको बिहेमा गएँ।मलाई देखेर बेहुलाले लज्जित हुँदै टाउको निहुरायो।त्यहि नाइट बसको मेरो छेवैको मुढाको यात्री बेहुलीको छेवैमा सजिएर बसिरहेको बेहुलो थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here