लेखक तथा साहित्यकार राजेन्द्र सुवेदी स्मृति समाजले २०८१ सालको राजेन्द्र सुवेदी स्मृति साहित्य,कला पुरस्कारको घोषणा गरेको छ ।
समाजको गत असार २० गते बसेको पूर्ण वैठकले राजेन्द्र सुवेदी स्मृति पुरस्कार साहित्यकार तथा संस्कृतिविद् मोदनाथ प्रश्रितलाई दिने निर्णय गरेको छ । त्यसैगरी, राजेन्द्र सुवेदी कला पु्रस्कार वरिष्ठ कलाकार टेकवीर मुखियालाई दिने निर्णय गरेको छ ।
यी दुवै पुरस्कारहरु जनही २२,२२२।– का रहेका छन् ।
दुवै पुरस्कार स्व. सुवेदीको जन्मदिनको अवसर पारेर आगामी साउन महिनामा प्रदान गरिने जानकारी समाजले दिएको छ ।