काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा हालै पूर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको संलग्नताबारे अनुसन्धान सकेर विशेष अदालतमा मुद्दा दर्ताको तयारी गरेको छ। पूर्व प्रधानमन्त्री नेपालसँग अखितिएरमै बोलाएर बयान लिएको सार्वजनिक भएको छ ।
यसअघि ललिता निवास प्रकरणमा नेपाल निवासमै गएर बयान लिएको अख्तियारले यसपटक भने नेपाललाई नै बोलाएर बयान लिएको छ ।
२०६६ सालमा माधव नेपाल प्रधानमन्त्री भएको बेला नेपाल नेतृत्वको सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेर पतन्जलीलाई हदबन्दी छुटमा जग्गा खरिद गर्न स्वीकृति दिएको थियो भने पछि खरिद गर्न अनुमति दिइएको उक्त जग्गा विक्री गर्न अनुमति दिने निर्णय पनि स्वयं नेपाल नेतृत्वकै सरकारले गरेको थियो। अख्तियारको बयानमा उनले आफ्नो संलग्नतालाई अस्वीकार गर्ने प्रयास गरे पनि तथ्य र प्रमाणले घोटालामा उनको दोहोरो संलग्नता प्रमाणित भएको अख्तियारको एक विश्वस्त सूत्रले भृकुटी न्यूजलाई बताएको छ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी