रास्वपाका सांसदहरुमाथि कारबाही गर्न नागरिक समाजको माग

0

१४ कार्तिक काठमाडौँ , राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूमाथि तुरुन्त  कारबाही गर्न नागरिक  समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले सभामुख देवराज घिमिरेलाई अनुरोध गरेका छन्।
लोकतान्त्रिक मूल्य मान्यतालाई चुनौती दिने विधि र पद्धति अस्वीकार गर्ने र न्यायालयको विचाराधीन मुद्दा र कानुनी प्रक्रियालाई अवरोध गर्दै हिँड्ने रास्वपाका सांसदहरूको गतिविधि गम्भीर र आपत्तिजनक रहेको भन्दै उनले कारबाहीको माग गरेका हुन्।
आफैंले संसदीय छानबिन समितिमा बसेर हस्ताक्षर गरेको प्रतिवेदनलाई चुनौती दिनु रास्वपाका सांसदहरूको निकृष्ट व्यवहार लोकतन्त्रमाथिको गम्भीर प्रश्न भएको उल्लेख गरेका छन्।
भृकुटी टेलिभिजनमा कुरा गर्दै डा. दीक्षितले सभामुखलाई यो विषयमा मौन बसेर अकर्मन्य नहुन सचेत गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here