प्रधानमन्त्री केपी ओली र सिक्किम राज्यका पूर्वमुख्यमन्त्री डा.पवन चाम्लिङ बीच भेटवार्ता

0

भारतको सिक्किम राज्यका नेता एवं पूर्वमुख्यमन्त्री डा. पवन चाम्लिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। भेटमा भारतको  सिक्किम राज्यका पूर्वमुख्यमन्त्री चाम्लिङले सिक्किमको विकास अनुभव प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीको कार्यकाल पनि त्यस्तै सुखद र चिरस्थायी रहनेछ भन्ने विश्वास व्यक्त गर्नु भएको छ ।

भृकुटी न्यूजका प्रधान सम्पादक ज्योतिकिरणसँग संक्षिप्त कुरा गर्दै नेता चाम्लिङले अनुपम साझा उद्देश्य भित्र दुईपक्ष हितका सम्भावना बारे छलफल गर्दै नेपाल भ्रमण सुखद र फलदायी भएको प्रतिक्रिया व्यक्त गर्नु भएको छ । नेपालीहरुको महान चाड तिहारको शुभकामा व्यक्त गर्दै चाम्लिङले आफु नेपाल र नेपालीको भलो होस भन्ने मङ्गल कामना गर्दै स्वदेश फर्कन लागेको प्रतिक्रिया दिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here