चार तले घरको छतबाट खसेर थापाको मृत्यु

0

८ कार्तिक, काठमाण्डौ। काठमाण्डौ महानगर पालिका वार्ड नं ३१ आलोक नगरमा पुरानो ४ तले घरको छतबाट खसेर एक मजुरको मृत्यु भएको छ।
मृत्यु हुनेमा नुवाकोट घर भएका ४२ वर्षिय पवन थापा रहेको जानकारी प्राप्त भएको छ । बिहान करिब ७:३० बजे छतबाट खसेर गम्भीर घाइते भएका थापालाई प्रहरीले उपचारका निम्ति सिभिल हस्पिटलमा पुर्याएको थियो । चिन्ताजक अवस्थामा रहेका थापाको उपचारकै क्रममा मृत्यु भएको हो ।

मापदण्ड विपरीत बनेको उक्त पुरानो घर मर्मत तथा अर्को तलो थप्ने कार्य भईरहेको अवस्थामा निर्माण कार्यमा काम गरिरहेका कामदार थापा घरको ४ तला माथिबाट भुइँमा खसेका हुन । उक्त जीर्णघर पूर्वगृह मन्त्री विजय गच्छेदारका ससुराली तर्फका नातेदार भिट्टु श्रेष्ठको रहेको बुझिएको छ। बिना सुरक्षा मापदण्ड घर मर्मत गर्न कामदार लगाउँदा दुःखद घट्ना भएको स्थानीयले बताएका छन्। घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here