कलाकारका नाममा ठगी धन्दा,”इकु”भनिने सुलेमान पक्राउ

0

काठमाडौं । सुलेमान शंकर ( ईकु )नामले चिनिएका कलाकार ठगी आरोपमा पक्राउ परेका छन् । वास्तविक नाम सुर्यमान शंकर रहेका व्यक्ति ठगीको आरोपमा प्रहरी फन्दामा परेका हुन्।

उनले कलाकार भिसामा युरोप पठाउँछु भनेर प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँ लिने गरेको पाइएको छ । ईकुले विभिन्न देशमा हुने नेपाली सांस्कृतिक कार्यक्रममा आवश्यक पर्ने कलाकारको रुपमा कलाकार भिसामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशहरुमा लैजाने भनी ठगी गर्दै आएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ । उनले कति मानिसबाट कति रकम ठगेका छन् भन्ने बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here