जेठ ५, काठमाडौँ।प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसकी नेतृ डा.आराजु राणा देउवा अहिले झापा पुगेको स्रोतले बताएको छ। गिरिबन्धु टि-स्टेट बारे अदालतको फैसला आएसँगै राणा झापा पुग्नुलाई धेरैले अर्थपूर्ण रूपमा लिएका छन्। गिरिबन्धु घोटाला प्रकरणमा जोडिएको आरोप खेपिरहेका केपी ओली र एमालेका मन्त्रीहरूबारे तीव्र चर्चा आइरहेका बेला ओलीले गिरिबन्धुको ७० बिघा जमिनमा कांग्रेस आफै जोडिएको आरोप लगाउँदै प्रतिवाद गरेपछि आरजु झापा पुगेकी हुन।
नेपाली कांग्रेसको झापामा खास कुनै कार्यक्रम छैन। तर राणा केही दिनदेखि यस्तो गर्मीका बीच झापामा बसिरहेको बुझिएको छ। उनी झापालाई विशेष मुकाम बनाएर गिरिबन्धुबारे आएको पछिल्लो अदालतको फैसला, ओलीले लगाएको ७० बिघामा काङ्ग्रेस संलग्नताको आरोप र गिरिबन्धु टि स्टेटमा भएका विभिन्न विषयहरू उपर चासो र जानकारीका विषयमा नै वहाँ झापामा बसेर सक्रिय रहेको बुझिएको छ।


