निर्लज्ज मुख्यसचीव अर्यालले गरे निजामती छेत्रकै बद्नाम, तत्काल राजीनामा गर्न प्रधानमन्त्री दहालको सुझाव

0

२० फागुन, काठमाडौँ। सञ्चार मन्त्रालयको सचिव रहँदा टेरामक्स प्रविधि खरिदमा अनियमितता गरेका मुख्यसचिव वैकुण्ठप्रसाद अर्यालले कर्मचारी छेत्रकै ठूलो बद्नाम गरेको निजामती कर्मचारीहरुले बताउने गरेका छन् । “मुख्यसचिव जस्तो सर्वोच्च व्यक्तिले नै यस्तो गरे पछि हाम्रो के इज्जत रह्यो र ? कसरी कर्मचारी हौ भन्नु ?” नाम उल्लेख नगर्ने सर्तमा मन्त्रालयका एक सचीवले भने “मुख्यसचीवको यस्तो अनुहार देख्दा आफैँले राजिनामा दिएर देश छाडौँ कि जस्तो लागेको छ ।” कर्मचारी वृत्तमै यस्तो भइसक्दा पनि मुख्यसचीव अर्यालले राजीनामा दिएका छैनन् भने सरकारले उनिविरुद्ध कुनै कार्वाही समेत गरेको छैन।
भ्रष्ट मुख्यसचीव अर्याल विरुद्ध मुद्दा दायरको तयारी गरेको अख्तियारले सबै अनुसन्धान सकाएर अभियोजनको फाइल समेत तयारी अवस्थामा राखेको छ । तर भ्रष्टाचारको मुद्दा दायर गर्नुभन्दा पहिले उनले राजीनामा दिउन् वा उनलाई पदबाट हटाइयोस् भन्ने चाहना अख्तियारको थियो ।
कार्यरत अवस्थामै मुद्दा दायर गर्दा कर्मचारी वृत्तमा नकारात्मक सन्देश जान सक्ने कुरालाई ध्यानमा राखेर अख्तियारले राजीनामा वा कर्वाही पर्खिएको भए पनि अर्यालले अहिले सम्म राजीनामा गरेका छैनन् भने उनिमाथि कार्वाही समेत भएको छैन।
२० गते नै दर्ता हुने मुद्दामा मुख्यसचीव अर्यालले मार्ग प्रसस्त नगरे पछि मुद्दा अड्किएको छ भने प्रधानमन्त्री पुष्पकमल दहालले तत्काल राजिनामा गर्न मुख्यसचीव अर्याललाई सुझाव दिएको श्रोतले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here