MCC मा फस्यो देश,अमेरिकी कानुन अनुसार चल्ने भन्दै MCA ले दियो अदालतमा जवाफ

0

१६ फागुन, काठमाडौँ। MCC सम्झौता नेपाल र अमेरिका बीच गरिएको सन्धि हो भन्ने कुरा थप प्रमाणित भएको छ। mcc सम्झौता संसदबाट पास भएपछि MCA नेपालले विद्युत प्रसारण लाइन निर्माणको काम अगाडी बढायो र तीन खण्डमा परियोजनालाई टुक्राएर टेण्डर आव्हान गरेको थियो। सात वटा कम्पनीले टेण्डर बुझाए त्यसमा सात वटै कम्पनी भारतीय थिए। जसमा सबै भन्दा सस्तोमा काम गर्ने भनेर टेन्डर बुझाएको कम्पनी टाटा प्रोजेक्ट लिनिटेड थियो तर MCA नेपालले यो टेण्डर रद्ध गरिदियो।

MCA नेपालले गरेको टेण्डर रद्दबाट चित्त नबुझाएको टाटा प्रोजेक्ट न्यायको निम्ति अदालत गयो अहिले अदालतमा बिचाराधिन मुद्दामा MCA नेपालले अदालतलाई दिएको जवाफले सवैको होस् गुम गराइदिएको छ।

MCA नेपालले अदालतमा MCC र नेपाल सरकार बीच सन्धि भएको र आफूहरु अमेरिकि कानुन अनुसार चल्ने जवाफ दिएको छ। आफूसँग ठोक्किन आउने नेपालको कानुनलाई आफूहरुले खारेज गरिदिने र नेपालले यस्तै प्रकारको सन्धि गरिसकेको जवाफमा उल्लेख गरेको छ। सन्धिका पर्याप्त आधार र प्रमाण पेश गर्दै MCA ले दिएको यस्तो जवाफले ब्याख्यात्मक टिप्पणी देखाएर MCC नेपालको कानुनको अधिनमा छ नेपाल अनुकुल छ भनेर नेपाली जनतालाई मुर्ख बनाउनेहरु सबैको मुखुण्डो उतारिदिएको छ भने नेपाल mcc मा नराम्रोसँग फसेको छ भन्ने कुरा थप प्रमाणित भएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here