६ फागुन ,काठमाडौं। काठमाडौंको बलम्बु प्रहरी प्रभागभित्रै आइतबार साँझ गोली चलेको छ। इन्सपेक्टरका बडीगार्ड र सेवाग्राही घाइते भएको प्रहरीले जनाएको छ।
इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठ ड्युटी सकेर जाने क्रममा पेस्तोल बुझाउन कोर्टमा गएका बेला गोली चलेको बताइएको छ। उक्त पेस्तोलबाट चलेको गोलीले उनका ‘बडीगार्ड’ घाइते भएका छन्।
घाइतेको खुट्टामा गोलीलागेको र घाइतेहरुको अवस्था खतरा मुक्त रहेको बताइएको छ।घाइतेको उपचार चलिरहेको र इन्स्पेक्टर श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको काठमाडौं प्रहरी प्रमुख दीपक थापाले भृकुटी न्यूजलाई बताउनु भएको छ।