काठमाडौं । २०७३ साल फागुन २६ गते भारतीय सीमा सुरक्षा बल SSB ले सीमा विवादमा गोली हानी हत्या गरिएका शहिद गोविन्द गौतमको घर कञ्चनपुरको पुनर्वास पुगेर फिल्म ‘काँडेतार’ले उनको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । फिल्मको च्यारिटी प्रदर्शनबाट संकलित रकमबाट ५० हजार रुपैयाँ शहीद गौतमको परिवारलाई प्रदान गरिएको निर्माता तथा निर्देशक नवल खड्काले जानकारी दिए ।
केही दिनअघि गौतमको पुनर्वासस्थित घरमा पुगेको फिल्मको युनिटले उनका बाबुआमालाई भेटेर सहयोगी हात बढाएको हो।