काठमाडौँ उपत्यकामा लोप भए चरा,मृत्युदर उच्च हुँदा अस्तित्व सङ्कटमा

0

पुस १ भृकुटी न्यूज,काठमाडौँ। काठमाडौँ  उपत्यका भित्र चराचुरुङ्गी लोप हुँदै गएका छन् भनेँ भएका चराचुरुङ्गीको समेत सङ्ख्या ह्वात्तै घटेको छ । पछिल्लो समय गौँथली ,ढुकुर, गरुड, बेसारो,जुरेली, सुँगा जस्ता चरा उपत्यकामा लोप भएको पाइएको छ भनेँ काग,भँगेरा र रुपीको सङ्ख्या अस्वभाविक रुपमा घटेको छ । चरा लोप हुनु वातावरणीय हिसाबले गम्भीर मात्र नभएर मानव अस्तित्वकैलागि समेत चुनौती बन्न सक्ने चरा विज्ञहरुले चेतावनी दिएका छन् । उपत्यकामा काग,रुपी र भँगेरा जस्ता चराहरुको सङ्ख्या घट्नुमा चराको प्रजनन क्षमतामा कमि र वातावरणको बिनास मुख्य देखिएको छ । शहरमा मानिसले फालेका विषाक्त फोहोर नै चराको आहारा बन्न पुगेपछि चराहरु ठूलो सङ्ख्यामा मरेको पाइएको छ । चराहरुको मृत्यु दर उच्च तर प्रजनन दर अत्यन्तै कम हुँदै जाँदा भएका बाँकी चराहरु समेत अस्तित्व लोप हुने खतरा चुलिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here