त्रिशूलसहित गौशाला पुगेका विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

0

प्रहरीले काठमाडौंको गौशालाबाट धर्मगुरू भनिने आचार्य श्रीनिवासलाई पक्राउ गरेको छ।

व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानअन्तर्गत आज गौशालामा भएको प्रदर्शनमा पुगेका श्रीनिवास पक्राउ परेका हुन्।

श्रीनिवासको अगुवाईमा गौशालाको मुल सडक कब्जा गर्दै प्रदर्शन भएको थियो । तर, सडक अवरोध हटाउन प्रहरीले बल प्रयोग गरेपछि प्रहरी र प्रसाईं समर्थकबीच झडपको स्थिति सिर्जना भएको थियो । सोहीक्रममा श्रीनिवासलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

त्रिशूलसहित सडकमा निस्किएका उनलाई उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याएको भन्दै उनीमाथि मुद्दा चलाउने प्रहरीको तयारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here