• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
मङ्गलबार, मङि्सर ०९, २०८३
मङ्गलबार, मङि्सर ०९, २०८३
VK
Vrikuti News
मङ्गलबार, मङि्सर ०९, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

दुग्ध विकास संस्थानका पूर्व महाप्रबन्धक झा सहित ८ जना पक्राउ

भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

मोरङ २ मा रोचक बन्दै कांग्रेसको आन्तरिक प्रतिस्पर्धा: डा. मिनेन्द्रदेखि होमराज थापासम्म मैदानमा

साहित्यकार ज्योतिकिरण र बङ्गलादेशका रविउल इस्लामलाई ‘इन्टरनेसनल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

लोकप्रिय समाचार

खाद्यसम्म पुग्दैन धान, गाउँमै धमाधम बेच्दै किसान

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी अनिला चौधरीले धान बिक्रीका तयार गरेर घरमा राखेकि छन् । गाउँमै किसानको उब्जाउ खरिद गर्नका लागि व्यापारीले काटा खोलेका छन् । उनले धानको उचित मूल्य पाएकी छैनन् ।

व्यापारीहरू धान किन्नका लागि घरमै आउँदा पनि मूल्य नपाएर किसान चौधरीले धान घरमै थन्क्याएर राखेकी हुन् । उनले अहिलेसम्म खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई धान बिक्री गरेका छैनन् । खाद्य व्यवस्थाले राम्रो दिँदा पनि बिक्रीका लागि टाढा हुँदा लैजान नसकेको उनले बताए । ‘नजिकमा खाद्यको खरिद केन्द्र छैन । धान बेच्न भाडा तिरेर महेन्द्रनगर पुग्नुपर्छ’, उनले भने, ‘खरिद केन्द्र टाढा हुँदा गाउँमै सस्तोमा धान बिक्री गर्ने गरेका छौँ ।’

उनका अनुसार गाउँका स्थानीय व्यापारीले अहिले रु दुई हजार सात सय क्विन्टलका दरले धान खरिद गरिरहेका छन् । डेढ बिघा जमिनमा धानखेती गरेका उनको यसपटक उत्पादन वृद्धि भएको छ । ‘धान खरिदका लागि घरमै आउँछन् । गाडी भाडा तिरेर हामीले ढुवानी गर्नु पर्दैन’, उनले भनिन्, ‘खाद्यसम्म पुर्याउँदा ढुवानी खर्च लागेर केही फाइदा हुँदैन ।’ उनका अनुसार यसपटक ६० क्विन्टल धान उत्पादन भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिदका लागि महेन्द्रनगरमा मात्रै केन्द्र राखेको छ ।

महेन्द्रनगरबाट टाढा रहेका किसानलाई खाद्यसम्म धान पुर्याउनै सकस छ । सरकारले सञ्चालन गरेको धान खरिद केन्द्र पायक क्षेत्रमा नहुँदा गाउँमै सस्तोमा धान बिक्री गर्नुपर्ने बाध्यता रहेको लालझाडी गाउँपालिकाका किसान भगत चौधरीले बताइन् । ‘हामीलाई धान बिक्रीका लागि महेन्द्रनगर लैजान निकै टाढा पर्छ । ढुवानी खर्च कटाउँदा गाउँमा बिक्री गरेजस्तै हुन्छ’, उनले भनिन्, ‘यहाँका व्यापारीले घरमै गाडी ल्याएर धान लैजान्छन् ।’ खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय महेन्द्रनगरले गत कात्तिक १५ गतेदेखि धान खरिद गर्न सुरु गरेको थियो ।

भीमदत्त नगरपालिकासहित नजिक पर्ने बेदकोट, शुक्लाफाँटा र दोधारा चाँदनीका गरेर दैनिक १० किसान धान बिक्रीका लागि पुग्ने गरेको निमित्त कार्यालय प्रमुख टपेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए । ‘अहिलेसम्म १८ क्विन्टल धान खरिद गरिएको छ । धान खरिद गर्ने काम माघ अन्तिमसम्म चल्छ’, उनले भने, ‘यस वर्ष १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य छ ।’ प्रतिक्विन्टल रु तीन हजार एक सय ९८ का दरले धान खरिद भइरहेको उनले बताए ।

यो मूल्य गत वर्षभन्दा बढी हो । गत वर्ष रु दुई हजार नौ सय ६७ प्रतिक्विन्टलका दरले धान खरिद गरिएको थियो । महेन्द्रनगरबाट टाढा रहेका किसानलाई लक्षित गरेर खरिद केन्द्र स्थापनाका लागि पत्राचार गरिएको निमित्त कार्यालय प्रमुख उपाध्यायले बताए । ‘ती क्षेत्रमा खरिद केन्द्र खोल्न पत्राचार गरेका छौँ । हामीसँग कर्मचारी तथा भौतिक संरचनाको अभाव छ”, उहाँले भन्नुभयो, “स्रोतसाधनको व्यवस्थापन गरेर खरिद केन्द्र थप्ने तयारी छ ।’रासस

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दुग्ध विकास संस्थानका पूर्व महाप्रबन्धक झा सहित ८ जना पक्राउ
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता
मोरङ २ मा रोचक बन्दै कांग्रेसको आन्तरिक प्रतिस्पर्धा: डा. मिनेन्द्रदेखि होमराज थापासम्म मैदानमा

धेरै पढिएको

ताजा समाचार

  • १.
    दुग्ध विकास संस्थानका पूर्व महाप्रबन्धक झा सहित ८ जना पक्राउ

  • २.
    भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • ५.
    मोरङ २ मा रोचक बन्दै कांग्रेसको आन्तरिक प्रतिस्पर्धा: डा. मिनेन्द्रदेखि होमराज थापासम्म मैदानमा

  • ६.
    साहित्यकार ज्योतिकिरण र बङ्गलादेशका रविउल इस्लामलाई ‘इन्टरनेसनल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.