प्यालेस्टाइनी लडाकुको आक्रमणबाट आक्रान्त बनेको इजरालयमा रहेका एक नेपालीले जतिसक्दो छिटो आफूहरुलाई सुरक्षित स्थानमा पुर्याइदिन आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै इजरायलमा रहेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई दाङमा आबद्ध विपिन सुवेदीले आफूलाई जतिसक्दो छिटो सुरक्षित स्थानमा पुर्याइदिन आग्रह गरेका हुन् ।
उनी सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरूको नेतृत्व गर्दै उनी त्यहाँ पुगेका हुन् । सुवेदीलेको आफूहरुलाई तत्काल उद्धारका लागि प्रभावकारी पहल गर्न सरकारसँग आग्रह गरेका छन् । द्वन्द्व प्रभावित क्षेत्रमा सुवेदीले राजदूतावास र नेपाल सरकारले सम्पर्क सुत्रको काम गरिरहेको बताइएको छ ।
राज्यले आवश्यक पहलकदमी लिन ढिला गरेको जनाउँदै उनले त्रासकै कारण मानवीय क्षति बढ्नसक्ने बताएका छन् ।