बिराटनगर। एमाले अधिवेशनस्थलको पहिलो प्रवेशद्वारमै पाँचवटा बुँदासहितको ब्यानर बोकेर प्रा.डा. बद्रीविशाल पोखरेलले धर्ना दिएका छन् । एमालेको कोशी प्रदेश अधिवेशनमा सहभागीहुन आएका नेता कार्यकर्तालाई पार्टी भित्रको गलत नेतृत्व र प्रवृत्ति विरुद्ध आवाज उठाउन आग्रह समेत गरेका छन् । ओलीले सम्बोधन गरेको उक्त कार्यक्रममा दुइ केन्द्रीय सदस्यलाई कार्वाहीको माग समेत गरिएको छ भने इटहरीमा गयराती आज्ञात रुपमा भण्डाफोर पर्चा समेत छरिएको छ। उक्त पर्चामा इटहरी नगर र सुनसरी एमाले नेतृत्वहरुको प्रवृत्ति र अन्तरघातका घट्नालाई उल्लेख गरिएको छ।मध्यराती छरिएको पर्चा आपत्तिजनक र रहस्यमय रहेको भन्दै एमाले नेता गायत्री लम्सालले एमालेले यसबारे गम्भीर अनुसन्धान र अध्ययन सुरुगरिसकेको जानकारी दिए।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी