लागूपदार्थ सेवन गरी सवारी चलाउने तीन चालक पक्राउ

0

भक्तपुरको जगातीमा लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउँदै गरेका तीन जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले प्रदेश २–०३–००१ज ०१४७ नम्बरको विंगर चालक २८ वर्षीय जनक भुजेल, बा४ख ८०७५ नम्बरको मिनीबस चालक ३८ वर्षीय प्रभाषकुमार झा र ना५ख ९१५९ नम्बरको कन्टेनर चालक ४२ वर्षीय सन्तोष भण्डारीलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका का लागि प्रहरी वृत्त जगाती पठाइएको छ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त जगातीको संयुक्त टोलीले १४ सवारीसाधनका चालकलाई चेक गर्दा तीन जना भने लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here