२१ असार,बाँके। बाँकेको कोहलपुरबाट पाटेबाघको छाला र हड्डी सहित चार जना पक्राउ परेका छन्। प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर– ११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र ६ किलो ८१८ ग्राम हड्डी सहित उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दैलेखको भगवतीमाई गाउँपालिका– ५ का ३३ वर्षीय प्रवीणकुमार केसी, दैलेखकै ठाँटीकाँध गाउँपालिका– ४ का ३० वर्षीय सुनिल चुनारा, अछामको पञ्चदेवल गाउँपालिका– २ का ३६ वर्षीय लोकेन्द्र शाही र जाजरकोटको बारकोट गाउँपालिका– ३ का ५२ वर्षीय कर्णबहादुर रोकाय रहेका छन्।