६ असार, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुगौली सन्धिमा नेपालले गुमाएको भूमि भारतले फिर्ता गर्नुपर्ने बताएका छन् ।
फेसबुकमा उनले सुगौली सन्धि भारतसँग नभई इस्ट इन्डिया कम्पनीसँग भएको उल्लेख गर्दै अहिले ब्रिटिस राज नै भारतमा नहरेपछि सन्धि समाप्त भएको बताएका छन् ।