१९ जेष्ठ,काठमाडौँ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी नेतृत्वले गरेका गलत कामकारबाही अब सहेर नबस्ने बताएका छन्।
नेपाल प्रेस युनियनले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले अब बोल्ने वेला आएको जिकिर गरे। अहिलेसम्म पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गरिरहेको उनको भनाइ थियो।
रेशम चौधरीलाई आममाफी दिने, नागरिकता विधेयक प्रमाणीकरण गर्ने लगायत विषयमा सभापति देउवाले एकलौटी निर्णय गरेको उनले बताए।