८ जेष्ठ,धरान।धरान प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार धरान ८ मा लुकाएर राखेको अवस्थामा मेड इन युएस लेखिएको एक थान पेस्तोलसहित धरान १० का ३५ वर्षीय राजेश लिम्बू र धरान ५ का कुमार भण्डारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । यस अघि गत बैशाख ३१ गते दुई थान पेस्तोल सहित तीन जना पक्राउ परेका थिए। पक्राउ परेकाहरुको अनुसन्धानकै क्रममा थप एक थान अत्याधुनिक पेस्तोल सहित दुई जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । धरानमा ठूलै घट्ना घटाउने उदेश्य साथ सक्रिय रहेका हतियार धारीहरुलाई प्रहरीले समयमै पक्राउ गर्न सफल भएकोले दुर्घटना टरेको श्रोतले बताएको छ । मेयर हर्क साम्पाङले धरानका युवाहरूलाई कसैको उक्साहट,गलत योजना र पैसाको लोभमा आपराधिक कार्यमा प्रयोग नहुन स्थानिय युवाहरूलाई आग्रह समेत गरेका छन् ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी