२४ बैशाख ,काठमाडौँ, नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसदद्वय आरजु राणा देउवा र मञ्जु खाण समेत सामेल रहेको खुलेको छ । आर्जु र मञ्जुलाई गिरोहले पैसा बुझाएको दाबी गरिएको अडिओ प्रहरीको अनुसन्धान टोलिले फेला पारेसँगै यो तथ्य सार्वजनिक भएको छ।
सार्वजनिक भएको एक मिनेट तीन सेकेन्डको अडिओमा पीडित र नक्कली शरणार्थी खडा गर्ने गिरोहका एक सदस्यबीच कुराकानी भएको देखिन्छ।
प्रहरी उच्च स्रोतका अनुसार उक्त अडिओ प्रहरीलाई पीडितले जाहेरी बुझाउँदा नै बुझाएको र त्यसमाथि अनुसन्धान जारी रहेको बताएको छ । अहिले सार्वजनिक भएकोभन्दा ३० मिनेट लामो अडिओ नेपाल प्रहरीसँग रहेको स्रोतले बताएको छ।