१६,बैशाख,काठमाडौँ।सवारीसाधनलाई लखेट्ने, सडकपेटीमै सुत्ने, जथाभावी दिसा–पिसाब गरेर फोहोर गर्ने, सिंहदरबारभित्र फोहोर संकलन तथा सरसफाइ गर्नेलाई टोक्न खोज्नेजस्ता समस्या देखिए पनि सिंह दरवार भित्रका कुकुरलाई आर्थिक अभावले उचित व्यवस्थापन गर्न नसकिएको ब्यवस्थापन कार्यलयका सूचना अधिकारी सुरेन्द्र कुमार शाहले बताए ।
सिंहदरबारभित्र रहेका कुकुरको यकिन तथ्यांक छैन। कुकुरलाई कुनै संकेत चिह्न नलगाइएकाले सङ्ख्या यकिन गर्न सकिँदैन। सिंहदरबारभित्र रहेका कुकुरको खानपान, औषधोपचारलगायतको व्यवस्थापन गर्ने गरिएको छैन। सिंहदरबारभित्रका चमेनागृह तथा खाजाघरका उब्रिएका र फालिएका खानेकुरा नै कुकुरका मुख्य आहारा हुन्।
यकिन तथ्यांक र गणना नभए पनि सिंह दरवार भित्र करिब २५० वटा कुकुर रहेको अनुमान गरिएको छ।
‘सिंहदरबारमा मुख्य चारवटा गेट भए पनि सातवटा ढोका छन्। सातवटा ढोकाबाट कति कुकुर भित्रिन्छन् र कति बाहिरिन्छन् भन्ने तथ्यांक राख्न सम्भव छैन’, उनले भने, ‘दक्षिणी गेट सधैँ खुलै रहन्छ। अन्य गेट बन्द गरिए पनि कुकुरलाई रोक्न नसकिएको र जुनसुकै जुक्ति लाएर भए पनि कुकुरहरु सजिलै सिंह दरवार भित्र आउजाउ गर्ने गरेको अधिकारी शाहले बताएका छन् ।
उनका अनुसार बेला–बेलामा सिंहदरबारभित्रका कुकुरको बन्ध्याकरण तथा रेबिजको खोप लगाइए पनि भित्र–बाहिर आउजाउ गर्ने गरेकाले तिनीहरूको पहिचान गर्न सकिएको छैन।
काठमाडौ महानगरमा भित्र २२ हजार भन्दा बढी सडक कुकुर रहेको बताइएको छ ।