२९ फागुन,ताप्लेजजुङ, चिराइतोको मूल्य गत वर्षको तुलनामा १० हजार रुपैयाँले वृद्धि भएको छ । गएको वर्ष प्रतिमन (४० किलो) ३० हजार रुपैयाँ दरले कारोबार भएको चिराइतोको मूल्य हाल ४० हजार रुपैयाँ पुगेको छ ।
अलैंची भन्दा चिरैतोको मूल्य बढी भएपछि अहिले ताप्लेजुङका चिरैतो किसानहरुलाई राहत महसुस भएको छ । ताप्लेजुङबाट झापाको विर्तामोड ल्याएर बिक्रि गर्दा प्रतिमन ४० हजारमा बिक्रि भएको छ भने ताप्लेजुङमै बिक्रि गर्ने किसानले ३७ देखि ३८ हजार सम्ममा कारोवार गरिरहेका छन् । ताप्लेजुङको चिरैतो विश्व बजारमा उत्कृष्ट मानिएको छ ।