पेलेरै जाने दाउमा लागे प्रचण्ड, सचिवालयमा चुलियो तनाव

0

१७ फागुन,काठमाडौँ, एमालेसँग सम्बन्ध तोडेर कांग्रेस र एकीकृत समाजवादीसँग सहकार्य अघि बढाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब आफूप्रति प्रतिनिधिसभाको विश्वास कायमै रहेको देखाउनु पर्छ कि पर्दैन भनेर परामर्श थालेका छन् ।
अनिवार्य विश्वास देखाउनु पर्ने भए राष्ट्रपतिको निर्वाचन अगावै विश्वासको मत देखाउन चाहेका प्रचण्डलाई सल्लाहकारहरुले विश्वासको मत लिए पनि हुने नलिए पनि हुने अवस्था सुझाए पछि प्रचण्ड अति पेचिलो र वाध्यकारी अवस्था बाहेक विश्वासको मत नलिएरै अगाडी बढ्ने सोचमा रहेको निकट श्रोतले बताएको छ । राष्ट्रपति निर्वाचन अगावै यो कोर्ष टुंगोलगाउन चाहेका प्रचण्डलाई काङ्ग्रेसले अस्विकार गरेपछि यो पछि धकेलिएको छ भने प्रचण्ड पुन:काङ्ग्रेससँग सङ्का गर्ने ठाउँमा आइपुगेका छन् । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेपछि प्रधानमन्त्री प्रचण्डको सचिवालय अहिले विश्वासको मत लिनुपर्छ कि पर्दैन भन्ने विषयमा राय खोज्ने तनावबाट गुज्रिरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here