२३ मंसिर काठमाडौ ,मङ्सिर ४ को निर्वाचनमा प्रतिनिधिसभा समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको एमालेले आज समानुपातिक सांसदको सूची तयार पार्न सचिवालयको बैठक बस्ने जनाएको छ ।
आज शुक्रबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको एमाले उपमहासचिव एवम प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले भृकुटी न्यूजलाई बताएका छन् ।
प्रत्यक्षतर्फ ४४ सिट हातपारेको एमालेले आजको बैठकमा चुनावी समिक्षा र समानुपातिक सांसदको सूची टुंगो लगाउने दुईवटा एजेन्डा तय गरेको छ।