स्वतन्त्र भनेका अराजकताबादी र मुर्खमानिसको जमात हो भन्दै गोर्खा पुगेर प्रचण्डले स्वतन्त्रहरुलाई मुख छाडेका छन । आफ्नो स्वार्थका निम्ति हिंसा मच्चाउन देखि काङ्ग्रेससँग घाँटी जोड्न समेत पछि नपरेका प्रचण्डको त्यस्तो अभिव्यक्ती सुनेर सहभागीहरु मुखामुख गर्दै हासेका थिए । बाबुरामको निगाह र आशिर्वादमा आफ्नो राजनीतिक जीवन धानिरहेका प्रचण्डको खुट्टी राम्रै देखेका गोर्खाका जनताले प्रचण्डको भाषण बहिस्कार मात्रै गरेनन् उनका अभिव्यक्तिको ठाउँको ठाउँ प्रतिरोध पनि गरेकाछन् । ‘स्वतन्त्र भएर हुने चाहिँ केही होइन । देशलाई, जनतालाई, समग्र इतिहास निर्माणलाई स्वतन्त्रले भूमिका खेल्छन् भन्नेजति अवैज्ञानिक र अवस्तुवादी कुरा त केही पनि हुँदैन’ दाहालले भने,’तर पनि स्थानीय तहको चुनावमा र अहिले पनि स्वतन्त्र भनेर पार्टीहरुलाई बदनाम गर्ने, पार्टी नेतृत्वलाई बदनाम गर्ने, जसले इतिहास निर्माणमा, ठूल्ठुला युगान्तकारी परिवतर्नमा असाधारण भूमिका खेले उनीहरुलाई गाली गरेर हिड्ने प्रवृत्ति कदापी राम्रो होईन । मैले हेर्दाखेरी यो झण्डै झण्डै पानीको फोका जस्तो हो । यस्सो देखा पर्छ जान्छ ।’गोरखाको प्रतिनिधिसभा -२ का उम्मेदवार दाहाल यतिबेला मतदाता भेटघाट कार्यक्रममा छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई साथैमा लिएर हिडिरहेका दाहाल शुक्रबार गोरखाको आरुघाट भएर शनिबार राती भच्चेक आईपुगेका हुन् ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी