२०७९ कार्तिक १२
काठमाडौं । सत्तासीन नेपाली कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार ‘संकल्पपत्र’ नाम दिइएको चुनावी घोषणापत्र आज बिहान १० बजे सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ ।
घोषणापत्र प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने कार्यक्रम छ ।
कांग्रेसले यसअघि गत आइतबार नै घोषणापत्र सार्वजनिक गर्ने तयारी गरे पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी