मेलम्ची बाढी प्रभावित क्षेत्र अवलोकन गर्न मुख्यमन्त्री पाण्डे आज सिन्धुपाल्चोकमा

0

काठमाण्डौ – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे हेलम्बु, मेलम्ची तथा आसपासको बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न आज सिन्धुपाल्चोक जाँदैछन् ।

गत वर्ष आएको मेलम्ची खोलाको बाढीले हेलम्बु, मेलम्ची तथा आसपासको क्षेत्रमा तहस नहस बनाएको र उक्त क्षेत्रमा पुनरुत्थान कार्यका लागी स्थानिय तहका जनप्रतिनिधी तथा राजनितीक दलका नेताहरुसंग छलफल तथा अनुगमनका लागी मुख्यमन्त्री पाण्डे सिन्धुपाल्चोक जान लागेको उनकोे सचिवालयले जानकारी दिएको छ ।

उक्त क्षेत्रको अनुगमनसंगै मुख्यमन्त्री पाण्डेले सिन्धुपाल्चोकका विभिन्न राजनितिक दलका नेता कार्यकर्ताहरुसंग जनसम्पर्क, भेटघाट र विभिन्न सभामा पनि सहभागी हुने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here