भड्किएका पित्त फर्किए घर, मख्ख परे प्रचण्ड

0

काठमाण्डौ – गत सोमबार नेकपा एमालेका अध्यक्ष क. केपी ओली निवास बालकोट पुगेर एमाले प्रवेश गरेका नेकपा माओवादी केन्द्रका नेता तथा बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटि (हरि) पुन माओवादी केन्द्रमै फर्किएका छन्।

गत चैत २१ गते नेकपा एमालेका अध्यक्ष क. केपी ओली निवास बालकोटमा पुगेरडल्लाकोटि  पार्टी एमाले प्रवेश गरेका थिए । त्यस लगत्तै उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड) ले फोन गरेर एमाले प्रवेश नगर्न अनुरोध गरेका थिए।

प्रचण्डले बसेरै असन्तुस्टीहरु बारे छलफल बाट समाधान खोज्ने प्रस्ताब राखेका थिए जसमा जवाफ स्वरुप डल्लाकोटिले आफु एमाले प्रवेश गरिसकेको जनाएका थिए।

उनि माओवादी केन्द्रका प्रभावसाली नेता मध्यमै पर्दछन, त्यसैले पनि प्रचण्ड उनलाई गुमाउन चाहंदैनन। प्रचण्डको प्रयास जारी थियो र मंगलबार बैठक बसी असन्तुस्टी हरुको सिघ्र सम्बोधन गर्ने सर्तमा डल्लाकोटि पुनः माओवादी केन्द्रमै फर्किएका हुन्।

डल्लाकोटी धादिङ जिल्लाका १२ स्थानीय तहमध्ये माओवादीले जितेको एकमात्र पालिका प्रमुख र माओवादीका वागमती प्रदेश कमिटी सदस्य समेत हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here