फ्रान्समा रोकिएको ३०३ भारतीय यात्रु सवार विमानलाई देश छोड्न अनुमति

0

एजेन्सी । संयुक्त अरब इमिरेट्सबाट निकारागुआका लागि ३०३ भारतीय यात्रु बोकेको विमान शुक्रबार फ्रान्समा अवतरण गरिएको थियो ।

मिडिया रिपोर्टका अनुसार यो विमानलाई तीन दिनपछि फ्रान्स छोड्ने अनुमति दिइएको छ। अब यो विमान सोमबार उड्न सक्नेछ । उक्त विमान मानव बेचबिखनका लागि प्रयोग भएको आशंका गरिएको थियो । यही कारणले रोकिएको हो ।

लोकप्रिय फ्रान्सेली समाचार च्यानल बिएफएम टिभीका अनुसार रोमानियाको लेजेन्ड एयरलाइन्सले सञ्चालित यो विमानलाई देश छोड्न अनुमति दिएपछि फ्रान्सेली न्यायपालिकाले प्रक्रियामा त्रुटि भएको भन्दै सुनुवाइ रद्द गर्ने निर्णय गरेको हो।

तर, लेजेन्ड एयरलाइन्सले मानव बेचबिखनमा आफ्नो संलग्नता अस्वीकार गरेको छ । फ्रान्समा मानव बेचबिखनमा संलग्न भए २० वर्ष जेल सजायको व्यवस्था छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार चार फ्रान्सेली न्यायाधीशले आइतवार ‘मानव तस्करीको आशंकामा पक्राउ परेका यात्रुहरूलाई सोधपुछ गरेका थिए। पेरिसबाट १५० किलोमिटर पूर्वमा रहेको भाट्री एयरपोर्टमा सोधपुछ भएको थियो।

यो विमान सोमबार बिहान फेरि उडान भर्ने अपेक्षा गरिएको छ। यद्यपि यो कहाँ जान्छ अझै थाहा छैन। यो भारत, निकारागुआ, दुबई जहाँ पनि जान सकिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here