• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
मङ्गलबार, भदौ ०२, २०८३
मङ्गलबार, भदौ ०२, २०८३
VK
Vrikuti News
मङ्गलबार, भदौ ०२, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

जेनजी आन्दोलनपछिको राजनीति र भूराजनीतिक जटिलताबारे काठमाडौँमा अन्तरक्रिया

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर 

संसदमा प्रवेश गर्यो विनय यादवको आमरण अनशन, स्वास्थ्य अवस्था नाजुक

वरिष्ठ कवि शैलेन्द्र साकारको एकल वाचन सम्पन्न: ‘राष्ट्रियतामा साहित्यको भूमिका’बारे गहन चर्चा

लोकप्रिय समाचार

  • १. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • २. शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण

  • ३. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

कवि: मणि लोहनी 

कविता: धर्मध्वनि 

https://vrikutinews.com/wp-content/uploads/2026/07/inbound3060202746604617677.mp4

संक्षिप्त परिचय: तीन दशकदेखि निरन्तर साहित्य साधना गरिरहनु भएका मणि लोहनी नेपाली साहित्यको आकाशमा आफ्ना जीवन्त कथा र मर्मस्पर्शी कवितामार्फत विशेष पहिचान बनाउन सफल हुनुहुन्छ।  उहाँको सिर्जनात्मक यात्रा सौन्दर्य, दर्शन र मानवीय संवेदनाले भरिपूर्ण छ । पेसाले टेलिभिजन पत्रकारिताको भागदौडपूर्ण जीवनमा व्यस्त रहे पनि उहाँ सधैँ साहित्य लेखनमा सक्रिय हुनुहुन्छ ।
वि.सं. २०३२ साल भदौ २१ गते नुवाकोटको उर्वर भूमिमा जन्मनु भएका लोहनीका रचनाहरूमा जीवनका विविध आयामहरूको सुन्दर सङ्गम पाइन्छ । विशेष गरी प्रेम, जीवनका उकाली-ओराली र मानिसका जटिल सम्बन्धहरूलाई आफ्नो कलमको मुख्य विषय बनाउने लोहनीसँग गहनतम दर्शनलाई पनि सरल र सरस शब्दहरूमा ढाल्न सक्ने लोभलाग्दो सामर्थ्य छ । उहाँका शब्दहरू जटिल छैनन्, तर तिनले पाठकको हृदयमा पार्ने प्रभाव भने निकै गहिरो र दीर्घकालीन हुन्छ।
साहित्यिक यात्राका दौरान कथा र कविता गरी उहाँका सात वटा उत्कृष्ट कृतिहरू प्रकाशित भइसकेका छन्। वि.सं. २०६१ सालमा प्रकाशित ‘मलामी साँझ’ कवितासङ्ग्रहबाट औपचारिक रूपमा नेपाली कविताको मैदानमा आफ्नो प्रभावशाली उपस्थिति जनाउनु भएका  लोहनीका २०६७ को ‘परास्त प्रेम’ र २०६९ को ‘निर्वस्त्र मन’ चर्चित कथासङ्ग्रहहरू हुन्। यी कथाहरूले नेपाली समाजको यथार्थ र मानवीय मनको सूक्ष्म मनोविज्ञानलाई कलात्मक ढङ्गमा प्रस्तुत गरेका छन्। यस्तै, वि.सं. २०७६ मा प्रकाशित उहाँको ‘मृत्युको अघिल्तिर’ कवितासङ्ग्रहले साहित्य क्षेत्रको प्रतिष्ठित ‘उत्कृष्ट सिर्जना पुरस्कार’ प्राप्त गरी उहाँको काव्यिक उचाइलाई अझ उकासेको छ।
उहाँको निरन्तरको उत्कृष्ट साधना र नेपाली साहित्यमा दिएको अतुलनीय योगदानको कदर गर्दै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरू प्रदान गरिएको छ। उहाँले भानुमोती पुरस्कार, बिसाप पुरस्कार, सर्वोत्कृष्ट कथा पुरस्कार, युवावर्ष मोती पुरस्कार, सतीशचन्द्र अतुल स्मृति युवा सम्मान, दीपज्योति सम्मान, ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार, बनिताश्री व्यथित काव्य पुरस्कार, संसाक कथा पुरस्कार, जनमत जनक प्रधान सेवा सम्मान तथा व्यथित काव्य सम्मान जस्ता दर्जनौँ मानसम्मान र पुरस्कारहरू प्राप्त गरिसक्नु भएको  छ।
लोहनीको सिर्जनात्मक सामर्थ्य नेपालको सिमानाभित्र मात्र सीमित छैन। उहाँका कथा र कविताहरू जापानी, कोरियाली, हिन्दी, रुसी, फ्रेन्च र चिनियाँ जस्ता विश्वका अनेकौँ भाषामा अनूदित भई अन्तर्राष्ट्रिय स्तरमा समेत पढिने र सराहना गरिने गरिएका छन्। यसका साथै, नयाँ पुस्तालाई साहित्यिक चेतना र मानवीय मूल्य-मान्यता सिकाउनका लागि उहाँका रचनाहरू विद्यालयस्तरका पाठ्यक्रममा समेत समावेश गरिएका छन्। पत्रकारिताको व्यस्तताका बिच पनि साहित्यलाई आत्मा मानेर निरन्तर कलम चलाइरहने मणि लोहनी नेपाली भाषा-साहित्यका एक अमूल्य र प्रेरणादायी नक्षत्र हुनुहुन्छ ।  यस्ता मुर्धन्य स्रष्टा मणि लोहनीको उच्च सम्मान  सहित “भृकुटी न्यूज: शनिबार सहित्यमा आजको कविता” श्रृङ्खलामा प्रस्तुत गरेका छौं। उहाँको सुस्वास्थ्य एवं दीर्घ जीवनको  कामना गर्दछौं।

भृकुटी न्यूज
साहित्य कला विभाग
काठमाडौँ ।

  • #कविता#मणि लोहनी#भृकुटी न्यूज#काठमाडौँ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

धेरै पढिएको

  • १.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • २.
    शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

ताजा समाचार

  • १.
    शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण

  • २.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • ४.
    जेनजी आन्दोलनपछिको राजनीति र भूराजनीतिक जटिलताबारे काठमाडौँमा अन्तरक्रिया

  • ५.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता 

  • ६.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.