दिउँसो सुत्ने बानी छ ? यो बानीले स्वास्थ्यमा यस्तो परिवर्तन ल्याउन सक्छ, जान्नुहोस्

0

काठमाडौँ । हामीले सुने र देखेअनुसार प्राय मानिसहरु बेलुका सुत्छन् । तर केही मानिस भने दिउँसो पनि सुत्ने बानी रहेको हुन्छ । कसैको बिहानको खाना खाइसकेपछी होस् या खाना खाइसकेपछी सुत्ने बानी हुन्छ । बिरामी पर्दा बाहेकको समयमा पनि कोही दिउसो सुत्ने नै गर्छन् । तर हाम्रो समाजमा दिउँसो सुत्नुलाई खासै राम्रो मानेको पाइँदैन । दिउँसो सुत्ने बानी भएका मानिसहरुलाई दिउँसो थकान महसुस हुन्छ र निन्द्रा लाग्न थाल्छ। दिउँसो सुत्ने मानिसहरुलाई धेरैले अल्छीको संज्ञा दिन्छन्। त्यस्तै दिउँसो सुत्ने बानीलाई लिएर हरेकको मनमा दिँउसोको निन्द्रा राम्रो हो कि होइन भन्ने प्रश्न उठ्छ।

यदि तपाईं पनि आफ्नो दिउँसो सुत्ने बानीबाट चिन्तित हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन । दिउँसो सुत्नु नराम्रो बानी होइन बरु धेरै राम्रो बानी भएको एक अनुसन्धानले देखाएको छ । दिउँसो सुत्नुलाई अल्छी हुन्छ र रोगी हुन्छ भन्ने बुझिएको हुन्छ । तर अनुसन्धानले दिउँसो सुत्दा अल्छी हुने होइन बरु ताजगी महसुस हुन्छ। रोग प्रतिरोधात्मक क्षमतामा समेत वृद्धि हुन्छ भनेको छ ।

यस्ता छन् दिँउसो सुत्ने बानीसँग जोडिएका तथ्यहरुः

सुत्नाले अल्छीपना भगाउँछ

दिउसो सुत्न ठिक कि बेठिक भनी दिउँसो सुत्ने मानिसहरु माथि युनिभर्सिटी अफ पेन्सिलभेनियाका शोधकर्ताले गरेको एक शोधमा यो बानीले अल्छीपना भगाउने तथ्य पत्ता लगाएको बताएको छ । शोधको नेतृत्व गरेका मासाइकोलोजीका असिस्टेन्ट प्रोफेसर फिलिपका अनुसार यसले अल्छीपना टाढा गर्नेमात्रै नभई मानिसको समग्र कार्यक्षमता र रोग प्रतिरोधक क्षमता पनि मजबुत बनाउँछ।

मुटु रोग लाग्ने खतरा कम हुन्छ

असिस्टेन्ट प्रोफेसर फिलिपका अनुसार जो मानिस दिउँसोको समयमा सुत्छन् उनीहरुमा मुटु रोग लाग्ने खतरा अन्य मानिसहरुको तुलनामा कम हुन्छ। तर व्यायम गरेको २ घण्टासम्म भने सुत्नु हँदैन । दिउँसो सुत्ने मानिसहरुमाथि भएको एक शोधमा वर्क आउटपछि तुरुन्त सुत्नु राम्रो कुरा नभएको कुरा पनि आएको छ । किनभने व्यायामपछि दिमागले तिव्र रुपमा काम गर्न थाल्छ। जस कारण निद्रा र थकान महसुस हुन्छ तर स्वस्थ रहनको लागि व्यायाम गरेको कम्तीमा २ घन्टापछि सुत्नुपर्दछ। यदि दिँउसोको समयमा निन्द्रा महसुस भइरहेको छैन भने सुत्नु हुँदैन। यसले कुनै फाइदा मिल्दैन त्यसैले यो कुरालाई सँधै ध्यान दिनुहोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here