इंग्ल्यान्डले रच्यो नयाँ इतिहास, पुग्यो फाइनलमा

0

इंग्ल्यान्डल महिला विश्वकपको फाइनलमा पुगेको छ ।

बुधबार नयाँ इतिहास रच्दै पहिलो पटक इंग्ल्यान्डल विश्वकपमा पुगेको हो ।

सिड्नीमा बुधबार इङ्ल्याण्डले घरेलु टोली अष्ट्रेलियालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । पहिलो पटक सेमिफाइनल पुगेको अष्ट्रेलियाको कमजोर डिफेन्सको फाइदा उठाउँदै इङ्ल्याण्डले जित निकालेको हो ।

अब उपाधि भिडन्तमा इंग्ल्यान्डले स्पेनको सामना गर्नेछ र आइतबार हुने यो खेलले महिला विश्वकपलाई नयाँ च्याम्पियन दिनेछ । हारसँगै अस्ट्रेलियाको भने प्रतियोगितामा अद्धितीय यात्रा टुंगेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here