अस्ट्रेलियाले जारी आइसीसी क्रिकेट विश्वकपमा पहिलो जित हासिल गरेको छ । सोमबार सम्पन्न खेलमा श्रीलंकालाई ५ विकेटले पराजित गर्दै अस्ट्रेलियाले यस विश्वकपमा पहिलो जित हासिल गरेको हो ।
श्रीलंकाले दिएको २१० रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ३५.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
अस्ट्रेलियाका लागि जोश इंगलिसले सर्बाधिक ५८ रन बनाएका थिए भने मिचेल मार्शले ५२ रन बनाएका थिए । त्यसैगरी मार्नस लाबुस्चागनेले ४०, ग्लेन म्याक्सवेलले अविजित ३१ रन बनाए भने मार्नोस स्टोइनिसले अविजित २० रन बनाएका थिए ।
त्यसैगरी श्रीलंकाका बलर दिल्सान मधुशंकाले सर्बाधिक ३ विकेट लिएका थिए भने दुनिथ वेल्लालागेले एक विकेट लिएका थिए ।
यसअघि पहिला ब्याटिंग गरेको श्रीलंका ४३.३ ओभरमा अल आउट हुदै २०९ रन बनाएको थियो । एक समय २१५ रनको ओपनिंग साझेदारी गरेको श्रीलंका त्यसपछि सम्हालिन नसक्दा अल आउट भएको थियो ।
श्रीलंकाका लागि पाथुम निसान्काले ६१ र कुसल परेराले ७८ रन बनाए भने चरिथ असलंकाले २५ रन बनाए । यी बाहेक श्रीलंकाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
त्यसैगरी अस्ट्रेलियाका बलर एडम जाम्पाले सर्बाधिक ४ विकेट लिए भने मिचेल स्टार्क र कप्तान पाट कमिन्सले २(२ विकेट र ग्लेन म्याक्सवेलले एक लिएका थिए ।
यो जितपछि अस्ट्रेलियाको ३ खेलमा २ अंक भएको छ । त्यस्तै श्रीलंकाले भने यस विश्वकपमा लगातार तीन खेलमा हार बेहोरेको छ ।
अब अस्ट्रेलियाले आगामी शुक्रबार पाकिस्तानसँग खेल्ने तालिका छ भने श्रीलंकाले शनिबार नेदरल्याण्डससँग खेल्ने छ ।