सेयर कारोबार ५ महिनायताकै उच्च, घट्यो नेप्से

0

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ।

तीव्र उतारचढाव देखिएको बजार कारोबार शुरुभए लगत्तै उकालोको बाटो समाते पनि बन्द हुँदा १५.४० अंक घटेर १९४८.५७ विन्दुमा झरेको छ।

परिसूचक घटेपनि कारोबार रकममा भने उछाल देखिएको छ । दिनभरमा ३०३ कम्पनीको ४ अर्ब ८४ करोड रुपैयाँ बराबरको भएको सेयर कारोबार भएको छ । यो कारोबार रकम पाँच महिनाकै उच्च हो ।

गत असार १७ गते आइतबारको बजारमा ५ अर्ब ८ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको थियो ।

आज बोटलर्स नेपाल (तराई), सामुदायिक लघुवित्त र डोल्टी पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here