सुनको भाउमा नयाँ रेकर्ड कायम, हालसम्मकै उच्च

0

काठमाडौँ । नेपाली बजारमा सुनको भाउले लगातार नयाँ रेकर्ड कायम गरेको छ । आज बुधबार सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

मंगलबारको तुलनामा बुधबार सुनको भाउमा प्रतितोला १ हजार ६ सय रुपैयाँ बढेको हो ।
मंगलबार भने छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ७ सय र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै बुधबार तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी भने तोलाको १ हजार ५ सय २० रुपैयाँ रहेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here