१६ खर्ब विदेशी मुद्रा सञ्चिति, मुद्रास्फीति ८.१९ प्रतिशत (राष्ट्र बैंकको रिपोर्ट)

0

नेपाल राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको दुई महिनाको तथ्याङ्कमा आधारित रिपोर्ट सार्वजनिक गरेको छ ।

तथ्यांक अनुसार विदेशी मुद्राको सञ्चिति १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँको हाराहारीमा पुगेको छ । गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३.९ प्रतिशतले वृद्धि भएको हो ।

मुद्रास्फीति ८.१९ प्रतिशत रहेको छ भने आयात ५।१ प्रतिशतले, निर्यात ७.८ प्रतिशतले र कुल वस्तु व्यापार घाटा ४.७ प्रतिशतले घटेको छ ।

यस्तै, समीक्षा अवधिमा शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोड रुपैयाँ घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १६ करोड ३४ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४० करोड ५६ लाखले बचतमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here