• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
VK
Vrikuti News
आइतबार, साउन १०, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

“जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

१३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

लोकप्रिय समाचार

  • १. नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २. “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३. विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४. भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५. भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ६. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ७. १३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

भदौ १ गतेदेखि नेपाल टेलिकमले नयाँ सेवा विस्तार गर्दै

दूरसञ्चारको क्षेत्रमा भएका वाइम्याक्स, सीडीएमए लगायत वायर लेस सेवाका विभिन्न प्रविधिहरु सबै जीएसएम अन्तर्गतको एलटीई प्रविधिमा एकीकृत हुँदै आएका छन् । यस कारण विश्वव्यापी रुपमै सीडीएमए सेवाका प्रयोगकर्ताहरु घट्दै गएका र यो क्रम नेपालको दूरसञ्चार बजारमा समेत देखिएको छ ।

प्रविधिको विकास क्रमअनुसार विश्वव्यापी रुपमा फोरजीरएलटीईको प्रयोग बढ्दै गएको र सीडीएमए प्रविधिको थप अनुसन्धान र विकास नभई उपकरण उत्पादनमा समेत कमी आइरहेको अवस्था छ । नेपाल टेलिकमले प्रदान गरेको सीडीएमए सेवाकाग्राहकहरु समेत फोरजीरएलटीईमा आकर्षित हुँदै गएका र कम्पनीले पनि त्यसै अनुसार कभरेज र सेवा समेत विस्तार गरिरहेको कम्पनीले जनाएको छ । पछिल्लो समयमा कम्पनीले सीडीएमए सेवालाई बन्द गर्ने र ती ग्राहकलाई जीएसएममा रुपान्तरण हुँदा आकर्षक प्याकेज उपलब्ध गराउने व्यवस्था गर्दै आएको छ ।

यसै सन्दर्भमा नेपाल टेलिकमले सीडीएमए फिक्स्ड फोन (CDMA Fixed Servicecyf{t C-Phone)  प्रयोगकर्ताहरुलाई फोरजीरएलटीई नेटवर्कमा स्थानान्तरण गर्नका लागि आकर्षक प्याकेज उपलब्ध गराउने भएको छ । सो प्याकेज आगामी २०८० भादौ १ देखि लागू हुने टेलिकमले जनाएको छ ।

सीडीएमए फिक्स्ड फोन प्रयोग गरिरहेका ग्राहकहरुले नेपाल टेलिकमको नमस्ते वाईफाई प्रयोग गर्न सक्नु हुनेछ । ती ग्राहकका लागि अनलिमिटेड बेसिकर अनलिमिटेड प्रिमियममध्ये एक प्याकेज प्रयोग गर्न सकिने सुविधाका साथै अन्य थप सुविधा समेत उपलब्ध गराइने छ ।

सो सेवाप्रयोग गर्ने ग्राहकलाई अनलिमिटेड बेसिक अन्तर्गत दैनिक रुपमा ५ एमबीपीएस गतिसम्मको १० जीबी डाटा उपलब्ध हुने छ । सो प्याकेजका लागि नयाँ जडान शुल्क अर्धवार्षिक अवधिका लागि ५,९९९ रुपैयाँ र वार्षिक अवधिका लागि १०,४९९ रुपौयँ हुने टेलिकमले जनाएको छ । त्यसैगरी यसको महसुल अर्धवार्षिक अवधिका लागि ४,९९९ रुपैयाँ र वार्षिक अवधिकालागि ९,४९९ रुपैयाँ हुने जनाएको छ ।

त्यसैगरी अनलिमिटेड प्रिमियम अन्तर्गत दैनिक रुपमा १० एमबीपीएस गतिसम्मको १५ जीबी डाटा उपलब्ध हुने छ । सो प्याकेजका लागि नयाँ जडान शुल्क अर्ध वार्षिक अवधिका लागि ८,९९९ रुपैयाँ र वार्षिक अवधिका लागि १६,४९९ रुपैयाँ हुने कम्पनीले छ । त्यसैगरी यसको महसुल अर्धवार्षिक अवधिका लागि ७,९९९ रुपैयाँ र वार्षिक अवधिका लागि १५,४९९ रुपैयाँ हुने कम्पनी जनाएका छ ।

यी सबै प्याकेज लिने ग्राहकलाई थप रकम नलिई आवश्यक फोरजीरएलटीई सीपीई(CPE–Customer Premises Equipment) समेत उपलब्ध गराइने छ । नयाँ जडान अन्तर्गत यसरी अर्ध वार्षिक अवधिको प्याकेज लिने ग्राहकलाई प्रतिमहिना ४०० मिनेट कम्पनीको नेटवर्क भित्र (अन–नेट) र १०० मिनेट अन्य नेटवर्कमा (अफ–नेट) तथा वार्षिक प्याकेज लिने ग्राहकलाई प्रति महिना कम्पनीको नेटवर्क भित्र अनलिमिटेड र अन्य नेटवर्कमा १०० मिनेट कल गर्ने सुविधा उपलब्ध हुने कम्पनीले छ ।

यसरी उपलब्ध हुने १० जीबीवा १५ जीबी डाटा सकिएको अवस्थामा उच्चगतिको डाटा चलाउन चाहनेहरुका लागि ५० रुपैयाँमा २४ घण्टा समयावधिसम्म चलाउन मिल्ने १० जीबी डाटा एड अन प्याकको रुपमा उपलब्ध हुनेछ ।

नेपाल टेलिकमले पहिलेदेखि नै सीडीएमए प्रिपेड वापोस्टपेड प्रयोगकर्तालाई जीएसएम प्रिपेड वा पोस्टपेडमा रुपान्तर हुँदा ‘सीडीएमए माइग्रेसन प्याकेज’उपलब्ध गराइरहेको छ । यदि सीडीएमए फिक्स्ड फोन प्रयोगकर्ताहरुले माथिको प्याकेज लिन नचाहेमा सोहीअनुसारको सीडीएमए माइग्रेसन प्याकेज लिन सकिने छ । यस अन्तर्गत प्रिपेड ग्राहकलाई मासिक रुपमा ३०० मिनेट अन–नेट भ्वाइस कलगर्न, ४ जीबी डाटा चलाउन र ३०० अन–नेट एसएमएस पठाउने सुविधा ६ महिनासम्म उपलब्ध हुनेछ ।

त्यसैगरी पोस्टपेड ग्राहकलाई मासिक रुपमा ४०० मिनेट अन–नेट भ्वाइस कलगर्न, ५० मिनेट अफ–नेट भ्वाइस कलगर्न, ६ जीबी डाटा चलाउन र २०० अन–नेट एसएमएस पठाउने सुविधा ६ महिनासम्म उपलब्ध हुनेछ ।

प्रविधिको विकाससँगै नयाँ प्रविधिले पुरानो प्रविधिलाई प्रतिस्थापन गर्ने विश्व व्यापीलहरलाई पछ्याउँदै कम्पनी पनि पुरानो प्रविधिलाई नयाँ प्रविधिले प्रतिस्थापन गर्दै भरपर्दो तथा उच्च गुणस्तरीय सेवा उपलब्ध गराउन कटिबद्ध रहेको छ । यस अनुसार नेपाल टेलिकमले गत २०८० असार मसान्तदेखि लागू हुने गरी कम्पनीद्वारा सञ्चालित सीडीएमए सेवा बन्द गरेको छ ।

 

  • नेपाल टेलिकम
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
“जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 
पोखरा विमानस्थल निर्माणमा ८ अर्ब भ्रष्टाचार काण्डमा पाँच पूर्व मन्त्री सहित ५५ जना विरुद्ध मुद्धा दर्ता
के यो राज्यको कुरूप चित्र होइन ?

धेरै पढिएको

  • १.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ६.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

ताजा समाचार

  • १.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • २.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • ५.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ६.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.