नेपाली बजारमा गोलभेँडाको मूल्य अकासियो

0

नेपालमा उत्पादन भएको गोलभेँडा भारततर्फ निर्यात हुन थालेपछि सीमावर्ती तराईका जिल्लामा यसको मूल्य आकासिँदै गएको छ ।

 

देशकै मुख्य व्यापारिक नाका वीरगञ्जबाट दैनिक १५ देखि २० मेट्रिकटन भोगभेँडा भारतको विहारतर्फ निर्यात भएपछि बारा, पर्सालगायत जिल्लामा भोगभेँडाको मूल्य आकासिँदै गएको हो ।

नेपाल र भारतबीच गोलभेँडाको मूल्यमा प्रतिकिलो रु एक सय १० को अन्तर भएपछि यसको निर्यात बढ्दै गएको छ । नेपालको खुद्रा बजारमा एक सय ३० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको गोलभेँडा भारतमा प्रतिकिलो दुई सय ४० रुपैयाँमा बिक्री हुने गरेको व्यापारीहरूले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here