• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
शुक्रबार, असार २६, २०८३
शुक्रबार, असार २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • खेलकुद
    • मनोरञ्जन
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • विचार
    • साहित्य-कला
  • ☰

भर्खरै

लिमीको उच्च पाटनमा देखियो वन घोडाको बथान

न्यायालय सुधारका निम्ति तीन जना श्रीमानलाई महाभियोगको चर्चा

कृत्रिम अभाव विरुद्ध एक्सन, खसी बोकाको मासुको मूल्य तोक्ने सरकारको तयारी

फेरियो कर्मचारी सरुवा प्रणाली, सरूवामा अब भनसुन र पहुँचको अन्त्य

देशभरको सुझाव संकलन लिएर, प्रतिवेदन तयार गर्दै एमाले

रातको ११ बजे सकियो सिडिओ र आइजीपीसँग गृहमन्त्रीको बैठक, रास्वपा महामन्त्री बुर्लाकोटी गृह मन्त्रालय पुगे

मानव सेवा समाजको अध्यक्षमा रिजाल

वर्तमान सत्ताको अनुहार: न्यायपूर्ण दण्ड कि राजनीतिक प्रतिशोध ?

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चिनियाँ चलचित्र र वृत्तचित्र प्रदर्शन गरिने

लोकप्रिय समाचार

  • १. देशभरको सुझाव संकलन लिएर, प्रतिवेदन तयार गर्दै एमाले

  • २. फेरियो कर्मचारी सरुवा प्रणाली, सरूवामा अब भनसुन र पहुँचको अन्त्य

  • ३. कृत्रिम अभाव विरुद्ध एक्सन, खसी बोकाको मासुको मूल्य तोक्ने सरकारको तयारी

  • ४. न्यायालय सुधारका निम्ति तीन जना श्रीमानलाई महाभियोगको चर्चा

  • ५. लिमीको उच्च पाटनमा देखियो वन घोडाको बथान

प्रत्येक नेपालीको भागमा ७६ हजार बढी ऋण

नेपालले तिर्न बाँकी सार्वजनिक ऋण रू २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाखभन्दा बढी पुगेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९÷८० को अन्तसम्ममा नेपालले रू ११ खर्ब २८ अर्ब ३२ करोड ९२ लाख बराबर आन्तरिक र रू १० खर्ब ९३ अर्ब ३४ करोड ९३ लाख बराबर बाह्य ऋण तिर्न बाँकी रहेको देखिएको हो ।


राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपालको जनगणना, २०७८ अनुसार कूल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ बराबर छ । कूल सार्वजनिक ऋणलाई कूल जनसङ्ख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण रू ७६ हजार एक सय ७७ बराबर पर्न जान्छ । गत आर्थिक वर्षमा मात्र नेपालको सार्वजनिक ऋण रू दुई खर्ब आठ अर्ब ३८ करोड २१ लाख थपिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को असार मसान्तसम्ममा यस्तो ऋण रू २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख बराबर थियो । गत आर्थिक वर्षमा मात्र रू एक खर्ब ४० अर्ब ८७ करोड ९९ लाख बराबर आन्तरिक र रू ६७ अर्ब ५० करोड २२ लाख बराबर बाह्य ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

साँवा–ब्याजको दायित्व पुँजीगत खर्चकै हाराहारी
गत आर्थिक वर्ष २०७९÷८० मा नेपालको पुँजीगत खर्च रू दुई खर्ब ३३ अर्ब ६९ करोड बराबर हो । सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा गतवर्ष सरकारले गरेको खर्च पनि विकास खर्चकै हाराहारी छ । गत वर्षमा ऋणको साँवा ब्याज भुक्तानीमा सरकारले रू दुई खर्ब २२ अर्ब ७४ करोड २१ लाख खर्च गरेको छ । जसमध्ये, आन्तरिक ऋणको साँवा–ब्याज भुक्तानी रू एक खर्ब ७९ अर्ब ७२ करोड ५३ लाख र बाह्य ऋणको साँवा ब्याज भुक्तानीमा रू ४३ अर्ब एक करोड ६८ लाख बराबर खर्च भएको छ ।

सरकारले गत वर्ष आन्तरिक ऋणको साँवा मात्रै रू एक खर्ब १५ अर्ब ११ करोड ७८ लाख बराबर तिरेको छ । त्यस्तै, आन्तरिक ऋणको ब्याजमा रू ६४ अर्ब ४९ करोड ४२ लाख र नेपाल राष्ट्र बैंकलाई तिर्ने कमिसनमा रू ११ करोड ३३ लाख बराबर खर्च भएको छ ।

बाह्य ऋणमा भने रू ३४ अर्ब ६१ करोड ७९ लाख बराबर साँवा र रू आठ अर्ब ३९ करोड ८९ लाख बराबर ब्याज भुक्तानी भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०७९÷८० मा नेपालले रू तीन खर्ब ३८ अर्ब ११ करोड ७८ लाख बराबर आन्तरिक र बाह्य ऋण उठाएको छ । आन्तरिकतर्फ रू दुई खर्ब ५५ अर्ब ९९ करोड ७७ लाख र बाह्यतर्फ रू एक खर्ब दुई अर्ब १२ करोड बराबर ऋण उठाइएको छ ।

जिडिपी–ऋण अनुपात ४५ दशमलव ८० प्रतिशत
अहिले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को आकार रू ४८ खर्ब ५१ अर्ब ६२ करोड रहेको छ । जिडिपीको यो आकारलाई आधार मान्दा जिडिपीमा सार्वजनिक ऋणको अनुपात ४५ दशमलव ८० प्रतिशत पुगेको छ । जिडिपीमा सार्वजनिक ऋणको अनुपात बढ्दै जानु र न्यून पुँजी निर्माणका कारण आर्थिक वृद्धिदरसमेत कमजोर भइरहँदा त्यसले आगामी दिनमा मुलुकको अर्थतन्त्रलाई जोखिममा पार्नेसक्ने भन्दै सार्वजनिक ऋण बढेकामा आलोचना हुने गरेको छ ।

एक दशकमा चार गुणाले बढ्यो सरकारी ऋण
आर्थिक वर्ष २०७०÷७१ मा नेपालको सार्वजनिक ऋण रू पाँच खर्ब ५३ अर्ब ५० करोड ७० लाख बराबर थियो भने उक्त वर्ष जिडिपीमा सार्वजनिक ऋणको अनुपात २८ दशमलव ५१ प्रतिशत बराबर थियो । पछिल्लो करिब एक दशकमा नेपालको सार्वजनिक ऋण चारगुणाले बढेको छ भने जिडिपीमा ऋणको अनुपात दोब्बरले बढेको छ । पछिल्लो पाँच वर्षमा मात्र नेपालको सार्वजनिक ऋण दोब्बरभन्दा बढीले बढेको छ । आर्थिक वर्ष २०७३÷७४ मा नेपालको सार्वजनिक ऋण रू छ खर्ब ९७ अर्ब ६८ करोड बराबर थियो ।


भूकम्पपछिको पुनःसंरचनाका लागि नेपालले ऋण मात्रामा ऋण उठाएपछि आर्थिक वर्ष २०७४÷७५ सम्ममा रू नौ खर्ब १७ अर्ब ३१ करोड पुग्यो । त्यसपछि आर्थिक वर्ष २०७५÷७६ मा रू १० खर्ब ४८ अर्ब १५ करोड, आर्थिक वर्ष २०७६÷७७ मा रू १४ खर्ब ३३ अर्ब ४० करोड, आर्थिक वर्ष २०७७÷७८ मा रू १७ खर्ब ३७ अर्ब ६३ करोड र आर्थिक वर्ष २०७८÷७९ सम्ममा रू २० खर्ब १३ अर्ब २९ करोड बराबर पुगेको थियो ।

यस वर्ष थप रु चार खर्ब ५२ करोड ऋण उठाउने लक्ष्य
सरकारी राजस्व सङ्कलनको तुलनामा ठूलो आकारको बजेट ल्याउँदा सरकारले आन्तरिक र बाह्य ऋणलाई बजेट स्रोतका रुपमा देखाउँछ । सरकारले चालु आर्थिक वर्ष २०८०÷८१ को घाटा बजेट पूर्ति गर्नका लागि रू चार खर्ब ५२ अर्ब ७५ करोड बराबर ऋण उठाउने लक्ष्य राखेको छ । जसमध्ये रू दुई खर्ब ४० अर्ब आन्तरिक र रू दुई खर्ब १२ अर्ब ७५ करोड बाह्य ऋण उठाउने सरकारको लक्ष्य छ ।

  • ऋण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पोखरा विमानस्थल निर्माणमा ८ अर्ब भ्रष्टाचार काण्डमा पाँच पूर्व मन्त्री सहित ५५ जना विरुद्ध मुद्धा दर्ता
के यो राज्यको कुरूप चित्र होइन ?
जेनजी आन्दोलनको असर: यूएईद्वारा नेपालीलाई भिजिट र वर्किङ दुबै भिसा बन्द

धेरै पढिएको

  • १.
    देशभरको सुझाव संकलन लिएर, प्रतिवेदन तयार गर्दै एमाले

  • २.
    फेरियो कर्मचारी सरुवा प्रणाली, सरूवामा अब भनसुन र पहुँचको अन्त्य

  • ३.
    कृत्रिम अभाव विरुद्ध एक्सन, खसी बोकाको मासुको मूल्य तोक्ने सरकारको तयारी

  • ४.
    न्यायालय सुधारका निम्ति तीन जना श्रीमानलाई महाभियोगको चर्चा

  • ५.
    लिमीको उच्च पाटनमा देखियो वन घोडाको बथान

ताजा समाचार

  • १.
    लिमीको उच्च पाटनमा देखियो वन घोडाको बथान

  • २.
    न्यायालय सुधारका निम्ति तीन जना श्रीमानलाई महाभियोगको चर्चा

  • ३.
    कृत्रिम अभाव विरुद्ध एक्सन, खसी बोकाको मासुको मूल्य तोक्ने सरकारको तयारी

  • ४.
    फेरियो कर्मचारी सरुवा प्रणाली, सरूवामा अब भनसुन र पहुँचको अन्त्य

  • ५.
    देशभरको सुझाव संकलन लिएर, प्रतिवेदन तयार गर्दै एमाले

  • ६.
    रातको ११ बजे सकियो सिडिओ र आइजीपीसँग गृहमन्त्रीको बैठक, रास्वपा महामन्त्री बुर्लाकोटी गृह मन्त्रालय पुगे

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.