सशस्त्र प्रहरीकी नविनालाइ नृत्य निर्देशक अवार्ड

0

काठमाडौं – नेपालमा पहिलो पटक नृत्य निर्देशकहरुको अवार्ड ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८०’ सम्पन्न भएको छ ।

नेपालकै पहिलो नृत्य निर्देशक एंव नृत्य सम्राट भैरवबहादुर थापाको प्रमुख आतिथ्यतामा तथा एनडिएका अध्यक्ष देवराज गुरुङको अध्यक्षतामा काठमाडौं राष्ट्रिय नाचघर जमलमा अवार्ड कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा २४ नृत्य विधामा अवार्ड प्रदान गरिएको थियो भने राई जातीको लोक नृत्य निर्देशक- नविना केसी उत्कृष्ट भएकी थिइन ।

प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै नेपालकै पहिलो नृत्य निर्देशक एंव नृत्य सम्राट भैरवबहादुर थापाले आफ्नो जीवनकालमा नृत्य निर्देशकहरुको हौसला बढाउनका निम्ती आयोजना गरेको अवार्ड कार्यक्रम शुरुवात भएकोमा खुशी व्यक्त गरेका थिए ।

नृत्य सम्राट थापाले अवार्ड प्राप्त गर्नेहरुलाई शुभकामना एंव बधाई ज्ञापन गर्दै राज्यले गर्नुपर्ने काम एनडिएले गरेकोमा हार्दिकताका साथ धन्यवाद दिदै नृत्य निर्देशकहरुलाई राज्यले उचित स्थान दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा चलचित्र नृत्य निर्देशक कमल राइ, नृत्य निर्देशक संघ नेपालका अध्यक्ष भुवनदास श्रेष्ठ, एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष तथा वरिष्ठ नृत्य निर्देशक डा. आरसी कोइराला ‘रामचन्द्र’ वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसी, नृत्य निर्देशक संघ नेपालका उपाध्यक्ष शम्भु शाही लगायतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here