नेप्से परिसूचक ६.५५ अंकले बढ्यो

0

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।दिनभर तीव्र उतारचढाव भएको नेप्से ६.५५ अंकले बढेर १९९४.६० विन्दुमा पुगेको छ ।

 

आज ३ अर्ब १५ करोड रुपैयाँ बराबरको ९६ लाख ३७ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, १४० कम्पनीको सेयर मूल्य बढ्दा ९१ कम्पनीको सेयर मूल्य भने घटेको छ ।

बिहीबार बोटलर्स नेपाल, हिमालयन लघुवित्त, नेपाल हाइड्रो डेभलपर्स र नेपाल रिपब्लिक कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने अन्य ६ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here